अबको निर्वाचनमा एमाले पहिलो पार्टि – सचिव भट्टराई

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अब हुन लागेको स्थानिय तहको निर्वाचनमा एमाले पहिलो पार्टि बन्ने बताउनुभएको छ ।

गृह जिल्ला ताप्लेजुङ पुग्नुभएका सचिव भट्टराईले सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मि सँग कुरा गर्दै जनताको आसा एमालेमानै केन्द्रित देखिएकाले एमाले पहिलो पार्टि बन्नेमा दुई मत नरहेको बताउनुभएको हो ।

मेचि महाकालि अभियानको सिलसिलामा देखिएको जनलहरबाट आत्तिएका केहि राजनितिक दलले निर्वाचन नचाहेको बताउँदै उहाँले तोकिएकै मितिमा निर्वाचन हुने र मधेसका जनताले पनि एमालेलाई नै भोट दिने उहाँले दावि गर्नुभयो ।

दुई नंबर प्रदेशमा चुनाब नहोलाकि भन्ने धेरैको आसंका रहेको भए पनि सबै स्थानमा एकैपटक निवाचन हुने बताउँदै उहाँले मधेसका जनताले चाहे पनि मधेस केन्द्रित दलका नेताले अदृष्यलोपका कारण निर्वाचनको बहिस्कारमा उत्रिएको दावि गर्नुभयो ।