शिवहरीप्रसाद भट्टराई, राजविराज ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीवाट सप्तरीमा ठुलो संख्यामा नेता कार्यकर्ता वाहिरिएका छन् ।
पार्टीका पुर्व केन्द्रिय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साह सहित १ दर्जन जिल्ला स्तरीय नेता कार्यकर्ताले मंगलवार सामुहिक राजिनामा दिएका हुन् । संयुक्त प्रेस विज्ञप्ति मार्फत पार्टी परित्यागको घोषणा गर्नेहरुमा अधिकांश जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु छन् ।
जिल्ला उपाध्यक्षहरु वैजुप्रसाद दास र भागिरथ प्रसाद साह, सह–सचिव ललनप्रसाद यादव, जिल्ला सदस्यहरु रासदेव राम, चितरंजन सदा, रामचन्द्र चौधरी, कुलानन्द चौधरी, मुसण्डिवती चौधरी, संजिवकुमार साह, जिल्ला सल्लाहकार युगेश्वर साह र युवा संगठनका पुर्व जिल्ला अध्यक्ष सनात अलि पार्टी परित्याग गरेका हुन् ।
पार्टीमा ब्यक्तिवाद, स्वार्थवाद र अवसरवादी प्रवृत्ति हावी भएको र आसेपासे मान्छे मात्रै पहुँच र पदमा पुग्ने गैर राजनितिक संस्कारको वोलवाला वढेकाले काम गर्न असहज महसुस गरी पार्टी परित्याग गर्नु परेको विज्ञप्तिमा उल्लेख छ । पार्टीभित्रको गलत संस्कार विरुद्ध पटक–पटक विरोध र असन्तुष्टि जनाउँदा पनि कुनै सुनुवाई नहुँदा आफनो राजनितिक साख जोगाउन र अस्तित्व वचाई राख्न सामुहिक राजिनामा गर्न वाध्य भएको उनीहरुले जनाएका छन् ।
पार्टी परित्यागपछिको राजनितिक भविष्यका विषयमा भने उनीहरुले कुनै निर्णय सार्वजनिक गरेका छैनन् । तर, वृहत छलफल र सामुहिक सोचवाटै त्यसको अन्तिम निर्णय लिईने विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले भने हरेक पार्टीभित्र असन्तुष्टि हुने भन्दै पार्टीभित्र भएका सामान्य असन्तुष्टि पार्टीभित्रै सुल्झाउनुको सट्टा राजिनामा दिनुका पछाडिको वास्तविक्ता आफुले वुझ्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले भने–‘पार्टीले योग्यता र क्षमताका आधारमा अधिकांशलाई पदमा पु¥याएको हो, काम पनि गरिरहेकै हो । तर, राजिनामा नै गर्नुपर्ने कारण के पर्यो वुझन सकिएन ।’











प्रतिक्रिया