उपप्रधानमन्त्री निधि र बेलायती राजदूतबीच भेटवार्ता


काठमाडौँ, २२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचार्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका विषयमा चासो व्यक्त गर्नुभएको थियो । त्यसअवसरमा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक बन्दोबस्ती सहयोगका लागि आग्रह गर्नुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।