भ्यागुते रोगले बालकको मृत्यु


रामपुर (पाल्पा), २२ चैत । पाल्पामा पहिलोपटक भ्यागुते रोगका कारण एक बालकको मृत्यु भएको छ ।
जल्पा–२ पाल्पा बस्ने आठ वर्षीय कमल बाह्रघरेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्लामै भ्यागुते रोगको घटना पहिलोपटक घटेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । यो रोग भाइरल सङ्क्रमणका कारण मानिसमा सर्ने गर्दछ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।