दाङ, २२ चैत । यहाँको अस्पतालले २४औं घन्टा चिकित्सक सेवा सुरु गरेको छ ।
अस्पतालमा दरबन्दी भएअनुसारका मेडिकल अधिकृतहरु व्यवस्थापन भएपछि अस्पतालमा सो सुविधा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले बताउनुभयो ।
अस्पतालमा पहिले भइरहेको कल ड्युटीलाई हटाइ चिकित्सकलाई अन ड्युटीमा राखिने व्यवस्था गरेर २४ औं घन्टा चिकित्सक सेवा दिन थालिएको देवकोटाले बताउनुभयो ।
यो सेवा इमर्जेन्सी ९आपत्कालीन सेवा० मा लागू हुनेछ । यसअघि इमर्जेन्सीमा अहेबले चिकित्सक सेवा दिँदै आएका थिए । आवश्यक परेमा मात्रै चिकित्सकलाई बोलाउने गरिन्थ्यो ।
योसँगै अस्पतालमा पछिल्लो समय केही सुधारको तयारी गरिएको छ । अस्पतालमा आएका सघन उपचारकक्ष ९आइसियु० सम्बन्धीका उपकरणलाई पनि प्रयोगमा ल्याउने तयारी गरिएको अस्पतालले जनाएको छ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुर, दाङमा आइसियु सञ्चालनका लागि ल्याइएका उपकरण एक वर्षदेखि स्टोरमा थन्किएपछि अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसँगै त्यसको प्रयोग र उपयोगमा चासो दिइएको हो ।
आइसियु सञ्चालनका लागि विशेषज्ञ, दक्ष तालिम प्राप्त मेडिकल अधिकृत, स्टाप, नर्स, अनमी, कार्यालय सहायक र स्विइपर आवश्यक पर्छ तर यो व्यवस्था अस्पतालमा नहुँदा उपयोगमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ ।
त्यसैगरी अस्पतालमा अक्सिजन प्लान्टसमेत निर्माण गरिएको छ । जसकारण एक वर्षदेखि अस्पतालले अक्सिजन किन्नु परेको छैन । अस्पतालमा एक दिनमा तीनवटा अक्सिजनका सिलिन्डर उत्पादन हुँदै आएका छन् । रासस











प्रतिक्रिया