विना कारण नेता कार्यकर्तालाइ पक्राउ गरेको भन्दै रीहाइको माग – बैद्य माओवादी



काठमाडौं (नेस) ।

नेकपा क्रान्तिकारी माओवादीले प्रहरीले विना कारण आफ्ना नेता कार्यकर्तालाइ पक्राउ गरेको भन्दै तत्काल रीहाइको माग गरेको छ ।

पार्टीका अध्यक्ष मोहन बैद्य किरणले बिज्ञप्ती निकालेर मतदाता नामावलीमा नाम दर्ताको विषयलाई लिएर निर्वाचन आयोगमा धर्ना कार्यक्रममा संलग्न देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सि.पी. गजुरेल लगायतका नेतालाई रीहाई गरिनुपर्ने माग गरेको हो ।

बिज्ञप्तीमा भनिएको छ,–‘पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सि.पी. गजुरेल, केन्द्रीय सदस्यहरु सुरेस श्रेष्ठ, वसन्त वोगटी, कार्यकर्ता किरण नगरकोटी, वाल कुमार सुनुवारका साथै नया“ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराई लगायत ४८ जना भन्दा वढीलाई गिरफ्तार गरी लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउ“दै वर्तमान सरकार फासिवादी आतंको मंचन गदैंछ । यस प्रकारको दमन, धरपकड र मानासिक यातनादिने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बिज्ञप्तीमा गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरुलाई तत्काल रिहागरी मागहरु पूरा नगरी आन्दोलन घोषणा गर्ने चेतावनी दिइएको छ ।

देशभक्त जनतान्त्रीक मोर्चाले स्थानीय निर्वाचन उपयोग गर्ने क्रममा मतदाता नामावलीमा नाम दर्ता, पार्टी दर्ता, चुनाव चिन्हको विषयलाई लिएर निर्वाचन आयोगमा धर्ना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्