तराइमा वडा सचिहरुले काम गर्न सकेनन्


भक्तपुर, (नेस) ।
स्थानीय निकाय स्थानीय तहमा रुपान्त्रण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिव रिक्त रहेको सरोकारवाहरुले बताएका छन् ।

रफत सञ्चार क्लबमा आइतवार आयोजित प्रत्रकार भेटघाटका क्रममा ७४४ स्थानीय तहमा छ हजार ६८० वडा कायम रहेकोमा तीन हजार वडा सचिरव रिक्त रहेको स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाले बताउनु भयो । उहाँले तराईमा मधेशी मोर्चाको अवरोधका कारण उनीहरुले आफ्नो काम गर्न नसकेको बताउनु भयो ।

स्तानीय तहको कार्यान्वयनसँगै करिब तीन हजार गाबिस सचिबले दोहोर जिम्मेवारी निर्वाह गरि स्थानियलाई सेवा प्रवाह गरिरहेको बताउँनु भयो । उहाँले सरकार गम्भिर बन्न नसक्दा सक्षम कार्यसम्पादनमा अप्ठेयारो परेको बताउनु भयो ।

उहाँले संघियतामा वडा सचिबहरुलाई एक तह प्रमोशनको माग निरन्तर रहेको भन्दै निर्वाचनमा देश होमिएकाले आफूहरुले कुनै अन्दोलन नगर्ने जानकारी दिनु भयो ।

केन्द्रका सल्लाहाकार हरिप्रसाद पाोखरलले मेधसमा सचिवहरुले हाल पनि काम गर्न सक्ने अवस्था नहरेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानियलाई सेवा पदान गर्न नसकिरहेको बताउनु भयो ।

उहाँले मधेशका बिभिन्न जिल्लामा सरकारले सोचे अनुसारको सेवा प्रदान गर्न नसकेको गुनासो गर्दै वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सकारलाई आग्रह गर्नु भयो ।

यस अघि स्थानीय निकाय हुँदा गाबिस सचिब हकहित संरक्षण केन्द्र नेपाल रहेकोमा स्थानीय तहको लागूसँगै स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रमा रुपातन्रण भएको कार्यक्रममा जानकारी गराईएको थियो ।