दिपायलमा रहेको जेबी पेट्रोल पम्पमा भीषण आगलागी, वाणिज्य बैंकसहित अन्य पसलमा क्षति



बिमल विष्ट, डोटी ।

डोटीको दिपायलमा रहेको जेबी पेट्रोल पम्पमा लागेको आगोले नजिकैको बैंक र बाईक ग्यारेज जलेको छ । दिपायलमा रहेको राष्ट्रिय बाणिज्य बैंकको कार्यालय आधा जलेको छ ।

यसैगरी पप्प नजिकै रहेको बाईक ग्यारेज पनि जलेर नष्ट भएको छ भने पेट्राल भर्ने क्रममा रहेको ट्रक जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट भएको पुरा विवरण भने अझै पनि पत्ता लागेको छैन ।

पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन नपाएको र धनमालमा करोडौको क्षती भएको छ ।


अहिले भने आगलागी नियन्त्रणमा आएको छ । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयासमा अहिले आगो भने नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्