कर्मचारी र आयातकर्ताको मिलोमतोमा भन्सार छली



भन्सारबाट छुटेका ४५ बटा ट्रक राजस्वको कार्वाहीमा

यमलाल भुसाल,बुटवल ।

भैरहवा भन्सार कार्यालय बेलहियामा कर्मचारी र आयातकर्ताको मिलोमतोमा भन्सार छली हुने गरेको रहस्य सार्वजनिक भएकोे छ ।

गुणस्तरीय सामानलाई कम गुणस्तरीय देखाउने र आयात गरिएको सामानमा समेत कम परिणाम देखाई कर्मचारी र आयातकर्ताले आफुलाई फाईदा गराई भन्सार छली गर्ने गरेका छन ।

यसरी कम परिणाम र कम गुणस्तरको देखाई भैरहवा भन्सार कार्यालयबाट भन्सार जाँचपाच भएका ट्रकसहितका समान पछिल्लो समय दैनिक जसो राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको कारबाहीमा पर्न थाले पछि यतm तथ्यको रहस्य सार्वजनिक भएको हो ।

यही चैत १३ मा ना. ४ ख २४५५ नम्वरको दिल्ली–काठमाडौ बसलाई राजस्व अनुसन्धानले भैरहवा भन्सार अगाडीबाट नियन्त्रणमा लियो । दिल्लीबाट काठमाडौ जान लागेको उक्त बसमा यात्रुको अलवा ठुलो परिणाममा कपडा थियो ।

बसलाई बुटवलमा लगेर अनुसन्धान गर्दा भन्सारमा दुईलाख ५० हजार मुल्य बराबरको सामानको मुल्याकन गरी ७५ हजार मात्र भन्सार बुझाईएको थियो ।

गुम्वामा प्रयोग हुने धुप, ब्राण्डेड र महगों पर्ने कुर्ता, जुक्ता, कमीज, ब्रा, लेडीड टिर्सट लगायतका सामानलाई भन्सारमा साधारण कपडाको दर्जामा राखेर मुल्याकन गरीएको थियो । भने सवै सामानको जाचँ गरेर भन्सार महशुल समेत लिइएको थिएन ।

कम गुणस्तर र परिणाम छलेर भन्सार भएका कपडा सहितका सामानलाई राजस्व अनुसन्धानले ६ लाख ५ हजार जरिवाना गर्यो । अझै केही सामानहरु कसैले पनि स्विकार नगरेपछि लिलामकालागी राखिएको छ । ‘लाखौ मुल्यका सामानलाई कम परिणाम र कमसल देखाएर भन्सार छलीभएको भेटीएपछि हामीले कारर्वाही गरेका हौं, राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका प्रमुख एवं प्रमुख राजश्व अनुसन्धान अधिकृत नरेन्द्र प्रकाश पाण्डेले भन्नु भयोे –बसमा ल्याईएको सामान यात्रुको नभई केही सिमीत ब्यापारीको थियो ।’

यो एउटा भन्सारको यात्रु शाखाबाट हुने भन्सार छलीको उदाहरण मात्र हो । यस बाहेक भैरहवा भन्सार कार्यालयबाट जाचँपास भएर आएका अधिंकाश मालबहाक ट्रकहरुमा समेत यस्तै समस्या देखिएको छ ।

आ.ब.को यही माघ र फागुनमा मात्र भैरहवा भन्सार कार्यालयबाट जाचँपास भएका ४५ बटा ट्रकहरु राजस्व अनुसन्धानको कार्वाहीमा परेका छन् । माघमा १५ र फागुनमा ३० बटा ट्रकलाई कारर्वाही गरी राजस्व अनुसन्धानले ३२ लाख ९९ हजार राजस्व सकंलन गरेको छ ।

संकास्पद र नियमित चेकजाचँको क्रममा राजस्व अनुसन्धानमा ल्याई कारबाहीमा पर्ने धेरैजसो ट्रकहरुमा गुणस्तरीय सामानलाई कम गुणस्तर र कतीपय सामानहरुको प्याकेटमा रहेको उत्पादन मुल्य मेटाइएका सामानहरु हुन्छन् ।

‘सवै सामानको भन्सार नगर्ने र गुणस्तरीय सामानलाई कम गुणस्तरको देखाएर भन्सार छली गर्न कर्मचारी, आयातकर्ता तथा कतीपय भन्सार क्लीयरीन ऐजेण्टको एउटा गिरोहनै सक्रिर्य भएर लागेको देखिन्छ, भैरहवा भन्सारबाट नियमीत सामान आयात गर्ने एक ब्यापारीले भने– पैसा दिएपछि कर्मचारीलेनै चोरी गर्ने बाटो सिकाउछन् ।’

भन्सार कार्यबिधीको पैठारी जाचँपास सम्वन्धमा कुनै निकासिकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार तथा गुणस्तर सही भए पनि परिमाण घटी गरी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यसरी परिमाण घटी घोषणा गरिएजति मालवस्तुको मूल्यको शतप्रतिशत जरिवाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने ब्यबस्था छ ।

तर कर्मचारीको मिलेमतोमा कम परिणाम र कम गुणस्तरको देखाई भन्सार जाचँ पास गरिन्छ । ‘यसबाट सरकारको राजस्वमा छली भए पनि क्लीयरीन एजेण्ट र कर्मचारीलाई ब्यक्तिगत लाभ हुन्छ, ति ब्यापारीले भने –आफुलाई लाखौ फाईदा हुदाँ त्यसको केही प्रतिशत कर्मचारीलाई बुझाउन ब्यापारी पनि राजी हुन्छन् ।’

भैरहवा भन्सार कार्यालय बेलहीयाका प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्यले भन्सार भित्र हुने कमिकमजोरीका बारेमा बिभाग र राजस्व अनुसन्धानले आफ्नो तवरले अनुसन्धान गरी पृष्ठपोषण गर्ने गरेको र त्यही बमोजिम सुधारका प्रयास भईरहेको बताउनु भयो । राजस्व छलीहुन सक्कने संकास्पद बस्तुहरुमा निगरानी बढाईएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्