घाइतेलाई उपचारको माग गर्दै अनिश्‍चितकालीन यातायात बन्द



दिपेन्द्र शर्मा,जाजरकोट ।

वस दुर्घटनाका घाईतेहरुको उपचारको माग जाजारकोटमा यातायात बन्द गरिएको छ ।

गत फागुन २६ गते यात्रुबाहक बस भेरी नगरपालिका ४ बोहरामा भएको दुर्घटनाका घाईतेहरुको उपचारमा ध्यान नदिएको र मृत्यकका परिवारलाई राहत उपलब्ध नगराएको भन्दै पिडितका आफन्तहरुले यातायात पुर्ण रुपमा ठप्प गराएका छन् ।

जिल्लाबाट बाहिरीने र भित्रिने सवारी साधन रोकिएपछि जाजरकोटका स्थानियहरु मर्कामा परेका छन ।

गत फागुन २६ गते जाजरकोटको सदरमुकाम खलंगा वाट पश्चिमको छेडागाड नगरपालिका १ खारा सम्मका लागि छुटेको ना. ३ ख. २२७९ नम्बरको बस छिन्छु—जाजरकोट सडक अन्तरगत भेरी नगरपालिका ४ बोहरामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने ३५ जना घाईते भएका थिए । ती मध्ये २९ जनाको सफल उपचार पश्चात आ–आफ्नो घर फर्किसकेका छन् र बाँकी ६ जनाको भने उपचार भईरहेको छ ।

बस दुर्घटनामा घाईते भएका भेरी नगरपालिका ११ का सन्तोष मल्ल र भेरी नगरपालिका १२ का प्रताप गिरी टिचिङ हस्पिटल काठमाण्डौमा मृत्युसँग लडिरहेका छन् । यसैगरी नेपालगञ्ज बाँकेको मेडिकल कलेजमा जुनीचाँदे गाउँपालिका १ का टोपबहादुर चन्द र तुले तिरुवा उपचारकै क्रममा रहेका छन् । यस्तै भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँकेमा छेडगाड नगरपालिका ८ का डिला दमाई र बिएनबी हस्पीटल काठमाण्डौंमा उपचार भैरहेको छ ।

घाईतेहरु लाई उपचार गर्नमा विलम्ब गरेको तथा मृत्यकका आफन्तलाई राहतको लागि कुनै प्रकारको पहल नगरेको गुनासो गद आइतवार देखि जिल्लाबाट बाहिरीने र भित्रिने यातायातका सवारी साधन चल्नमा रोक लगाएको घाईतेका आफन्त एवं संघर्ष समितिका संयोजक दलबीर गिरीले जानकारी दिए ।

घाइतेको शिग्र उपचारको ब्यवस्था तथा पिडित लाई तत्काल राहत उपलब्धताका वारेमा सम्बन्धीत सरोकारवालाहरु लाई वोलाएर छलफल गरि समस्याको समधान निकाल्ने जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्