बेलायतमा बुद्ध जयन्ती मनाइदै  


बाचस्पती रेग्मी, लण्डन ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिसन्देशविश्वमाझ पुऱ्याउने तथा नेपालमा कल्याणकारी कार्य गर्ने मुख्य उद्देश्य लिएर  बुद्ध फाउण्डेसन यूके गठनगरिएको यहाँलाई जानकारी गराउँदै फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले यो संस्थाको निम्ति संस्था नभएर एउटानिश्चित उद्देश्यका निम्ति हामी सबैको सामूहिक अभियान  हो बुद्ध फाउण्डेसन युके।

बुद्ध फाउण्डेसन युके,बेलायतको नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि र कपिलवस्तु समाज यूकेसमेतको संयुक्तसहभागीतामा र सहकार्यमा फाउण्डेसनले आगामी मे ७ तारिख २०१७ का दिन लन्डनको मुटु ट्राफलगरस्क्वायरमा बुद्धजयन्ती मनाउने कार्यक्रम तय गरेको छ ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य गौतम बुद्धको जन्मनेपालको लुम्बीनीमा भएको, गौतम बुद्धको शान्तिसन्देश  विश्वमाझ फैलाउनु रहेको र बुद्धभूमिका रूपमानेपालको पर्यटन प्रबर्धन गर्ने रहेको छ ।

उक्त दिन निर्धारित समयमा संस्थागत या व्यक्तिगत रूपमा सहभागीहुनुभई हामी सबैको साझा यो कार्यक्रमलाई भव्य, सार्थक र सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलिदिनफाउण्डेसनले आब्हान गरेकोछ।

आब्हानमा भनीएको छकी आफ्नो संस्था र चिनजानका सबै ब्यक्तीहरुमा योनिमन्त्रणालाई विस्तार गरिदिनुहुन सादर अनुरोध छभने उक्त दिन अन्य कुनै कार्यक्रम आयोजना नगरिदिएर योअभियानलाई सफल र व्यापक सहभागितापुर्वक सफल बनाउन मद्दत गरिदिनुहुनेछ भन्ने आशा गरिएको छ ।तपाईं या तपाईंको संस्थाले आयोजना गर्ने बुद्ध र तत्सम्बन्धी कुनै पनि भावी कार्यक्रममा यो फाउण्डसनलेयथासम्भव सहकार्य या सहयोग गर्न तत्पर रहको प्रतिबद्धता समेत यसैसाथ व्यक्त गरेकोछ ।

स्मरण रहोस गतबर्ष पनी पार्लामैन्ट स्क्वायरमा भब्य कार्यक्रमको आयोजना भएको थीयो। साथै भारतीय प्रधानमन्त्रीको बेलायतभ्रमणका क्रममा बुद्ध भारतका हुन भनी संसदमी गरीएको भाषण िबरुध्द तत्कालीन बेलायती प्रधानमन्त्रीडेबीड क्यामरुनले नेपाली समाजलाई बुद्धको जन्म नेपाल मै भएको हो भन्ने स्पष्टीकरण दीदै पत्र समेत पठाएका थिए ।