ट्याक्टर दुर्घटना घाईत भएका खिम्दङको मृत्यू


नेपाल समाचारपत्र, ताप्लेजुङ ।

ताप्लेजुङ सदरमुकाम नजिकै भएको ट्याक्टर दुर्घटनामा घाईते भएका युवकको उपचारको क्रममा मृत्यू भएको छ ।

मृत्यू हुनेमा ताप्लेजुङ नाङ्खोल्याङका ७ का १७ वर्षीय अर्जुन खिम्दिङ रहेका छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि राम बहादुर केसीले बताउनुभयो ।

शुक्रबार विहान सदरमुकाम फुङ्लिङबाट बालुवा लिन काबेलि नदि तर्फ जाँदै गरेको मे १ त ४७५७ नंबरको ट्याक्टर मेचि राजमार्ग अन्तर्गत हेलिप्याड नजिकैको घुम्तिमा अनियन्त्रित भई पल्टदा खिम्दिङ घाईते भएका थिए । चालक विसाल राई फरार रहेकाले खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ । दुर्घटना विहान करीव साडे आठ बजे भएको थियो ।