एक किलो सुनसहित भारतीय पक्राउ


हेटौंडा,(नेस) । हेटौंडामा प्रहरीले एक भारतीयको साथबाट एक किलो अवैध सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ४७ लाख ७६ हजार मूल्य बराबरको सुन बरामद गरेको हो ।
बिहीबार विहान करिब ५ बजे हेटौंडा–१७ स्थित प्रहरी चेकपोष्टमा काठमाडौंबाट बीरगञ्जतर्फ जा“दै गरेको ना.६ ख ७८७१ नम्बर समर ट्राभल्सको यात्रुबाहक बस चेक गर्ने क्रममा यात्रुबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।

बसका यात्री भारत बेलही पूर्वी चम्पारण बस्ने वर्ष ३० का मुना कुमारले लुकाइ ल्याएको सुनसहित उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि शुक्रबार राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको छ ।