संगठित चोरीमा संलग्न आठ जना पक्राउ


नरेन्द्र केसी, दाङ । संगठित चोरीमा संलग्न रहेको अभियोगमा दाङमा प्रहरीले नगद र गहना सहित ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरी जिल्लाका बिभिन्न ठाउँमा सञ्जाल बनाएर चोरीमा संलग्न भएको अभियोगमा ८ जना युवालाई नगद र गहना सहित सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न स्थानका २२ घरबाट नगद रुपैयाँ, सुन, चाँदी, ल्याप्टप, मोवाईल फोन सेट, चक्कु सहितका सामाग्रिहरु सहित ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले ७७ हजार ५ सय नगद, एक थान तिलरी, दुई थान सुनका बाला, एक थान चोक्कर, ३ थान औँठी, २ थान सिक्रि, पञ्चरत्न बाला एक थान, चन्द्रमा एक थान, सुनको सिक्का एक थान गरी ७ तोला सुन र चाँदीका सिक्रि, चाँदीका डलर पैसा समेत बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । त्यसैगरी दुई थान ल्याप्टप, ६ थान मोबाईल सेट सहित व्राउन सुगर समेत उनिहरुको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ९ का संजोग केसी, सोही वडाका अनिल कुमाल, तुलसीपुर ५ का सुनचाँदी पसलका डण्डीराम विक, घोराही उपमहानगरपालिका १५ का शिशिर भण्डारी, अनुज बस्नेत, सरोज महरा, घोराही १७ पनौराका क्षितिज मजगैयाँ र बसन्त केसी रहेका छन् ।
उनिहरुका विरुद्ध चोरी मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु मध्य केही लागुपदार्थ दुव्र्यसनीमा फसेका युवाहरु समेत रहेको डिएसपी तिवारीले बताउनुभयो । अभिभाबकको निगरानी नहुदा र साथीभाईको लहलहैमा उनिहरु लागु पदार्थ दूव्र्यसनिमा फसेका र त्यसैमा लत बस्दा चोरी गर्न बाध्य भएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
दूव्र्यसनिमा उनिहरु फसेका छन् उनिहरुलाई नभई नहुने अबस्था आएको र त्यसका लागि पैसा चाहिने भएकाले चोरीमा संलग्न भएको देखिएको छ तिवारीले भन्नुभयो । उनिहरुको साथबाट केही मात्रामा लागु औषध समेत फेला परेको छ । पक्राउ परेका मध्य सरोज महरा, संजोग केसी, अनिल कुमालको साथबाट व्राउन सुगर फेला परेको डिएसपी तिवारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैविच प्रहरीले चोरीका सुनहरु पटक पटक किन्ने र स्वरुप बदलेर बिक्रि गरेको अभियोगमा सुनचाँदी व्यवसायी पनि पक्राउ परेका छन् । चोरीका गहनाहरु कम मूल्यमा किन्ने र स्वरुप परिबर्तन गरेर बिक्रि गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका ५ विपि चोक अभिशेष सुनचाँदी गहना पसल सञ्चालक डण्डीराम विकलाई पक्राउ गरेको छ ।
यता गएको मंसिर महिनामा भाउजुलाई गोली हानी हत्या गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ । मंसिर १९ गते घोराही उपमहानगरपालिका १२ निबासी पूर्णा थापालाई गोली हानी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ ओखरा निबासी विक्रम थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो