ट्रकको ठक्करबाट मृत्यु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौँमा ट्रकको ठक्करबाट पाँचथर याङनाम घर भएका ४० बर्षीय तादेङहाङ जजेलुको ज्यान गएको छ ।

महानगरपालिका–१४ बल्खु चोकमा शुक्रबार लु.१ ख ९९०९ नम्वरको ट्रकले बा.८२ प ४८३५ नम्वरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक टेकु बस्ने जजेलु गम्भीर घाइते भएका थिए ।

उपचारको लागि बिर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।