अवैध सालको काठ सहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, बर्दीया । बर्दियामा प्रहरीले ट्याक्टरमा लोड गरीराखेको साल काठ सहित संगम थारुलाई पक्राउ गरेको छ ।

मगरागडी–७ जब्दी बस्ने भे.१ त ६८२६ नम्बरको टयाक्टरका चालक १८ बर्षीय संगम थारुलाई प्रहरीले शुक्रबार ट्याक्टरमा अवैध सालको ५० क्यु फिट काठ लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।