भारतले माफी माग्नुपर्छः गृहमन्त्री

0
Shares

कन्चनपुर, (नेस) उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिक गोविन्द गौतमको हत्या भएको विषयमा भारत सरकारले माफी माग्नुपर्ने बताउनुभएको छ। शनिबार गौतमका परिवारलाई सरकारका तर्फबाट १० लाख रुपियाँको चेक हस्तान्तरण गर्ने क्रममा निधिले सो कुरा बताउनुभएको हो। उहाँले नेपाली कांग्रेसका तर्फबाट ७ लाख रुपियाँको चेक पनि मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो।