फलफुल उत्पादनमा कमी



विनोद सिंह विष्ट,बैतडी     ।

बैतडीमा यो बर्ष फलफुल उत्पादनमा कमी आएको छ । जिल्लाको ८ सय २ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला, दाख, जुनार,मौसमी लगायतका फलफुल उत्पादनमा यो बर्ष कमी आएको हो ।

गतबर्षमा ३ हजार ८ सय २२ मेट्रिकटन उत्पादन भएकोमा यो बर्ष ३ हजार ६ सय ७२ मेट्रिकटनमात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णचन्दले बताउनुभयो ।

बैतडीको दशरथचन्द नगरपालिकाको दुर्गाभवानी,नागार्जुन, दोगडाकेदार गाउँपालिकाको श्रीकोट, देउलेक र डिलाशैनी गाउँपालिकाको रुद्रेश्वरमा सबैभन्दा बढी फलफुल उत्पादन हुने ठाउ भएपनी यो बर्ष फल फल्ने बित्तीकै हावाहुरी चलेपछी उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यहाँ उत्पादन भएको फलफुल डडेल्धुरा, कैलाली ,कञ्चनपुर का साथै सिमाबजार  झुलाघाटमा बिक्रीबितरण हुने गरेको छ ।

यस्तै जिल्ला कृषि विकास कार्यलय बैतडीले मकै र भटमासको बिउ बितरण गरीरहेको छ । जिल्ला कृषि विकास कार्यालयमा आबद्ध समुह, सहकारी लगायत अन्य समुहलाइ पनी ७५ प्रतिशत अनुदानको आधारमा बिउ बितरण गरेको जनाएको छ ।

मकैको बिउ अरुण २, मनकामना, देउली र भटमासको बिउ पुजा बितरण गर्ने कार्य सुरु भएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा १४ हजार ५ सय हेक्टरमा मकैको खेती गरीन्छ भने १हजार ३ सय ५० हेक्टर जमीनमा भटमास खेती गरीने गरेको जिल्ला कृिष विकास कार्यलयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनु भयो ।

१७ मेट्रिकटन मकैको बिउ र १२ मेट्रिकटन् भटमासको बिउ बितरण गरीने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्