बजार अनुगमन प्रभावकारी बनाउने प्रतिवद्धता



तस्विरः  र्यालीमा सहभागि विद्यार्थीहरु

चिरञ्जीवी मास्के,दोलखा

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले उपभोक्ता हित संरक्षणको लागि स्थानिय प्रशासनले कानुनी अधिकारलाई व्यवहारीक प्रयोगमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बोहोराले उपभोग्य सामान गुणस्तरीय भए नभएको, मूल्यमा एकरुपमा भए नभएको, म्याद भएनभएको बारे नियमीत अनुगमन गर्ने र उपभोक्तालाई ठगी गरेको पाईएमा कानुनी कार्वाहि गर्ने बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजना गरेको  र्याली तथा सार्वजनिक सभामा प्रमुख जिल्ला अधिकारी बोहोराले स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा समेत आम उपभोक्ता ठगिएको गुनासो आउने गरेकोले स्थानिय प्रशासनले सर्वपक्षिय अनुगमन समिति बनाई बजार, स्थास्थ्य संस्था, शैक्षिक संस्था लगाएतमा नियमीत अनुगमन गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी शङ्कर नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, जिल्ला अध्यक्ष जीवन लामा, नेपाल नागरिक समाजका अध्यक्ष दीपशङ्कर चौलागाई, नेपाल वार एशोसीयसनका अध्यक्ष कृष्ण वस्नेत, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शम्भु गौतम, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र असल शासन समन्वय समितिका अध्यक्ष दिपक वस्नेतले उपभोक्ता हित संरक्षणको लागि बिक्रेता र क्रेता बीच समन्वय गर्ने तथा चेतनामूलक अभियान सञ्चालन गर्ने कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

दिवसको अवसरमा आयोजना गरिएको  र्यालीमा बिभिन्न कार्यालयका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्