सिजी मोबाइलको एस्ट्रो टर्च बजारमा



काठमाडौं, (नेस)
सिजी मोबाइलले एस्ट्रो सिरिजअन्तर्गतको नयाँ मोडेल एस्ट्रो टर्च बजारमा ल्याएको छ।

बजार मूल्य २ हजार ४ सय ९९ रुपियाँ रहेको यो नयाँ मोबाइलमा ३६ सय एमएएचको लामो समय टिक्ने ब्याट्री ब्याकअप रहेको छ। यससँगै मोबाइलमा ३ वटा एलईडी बल्ब भएको टर्च समेत रहेको कम्पनीले जानकारी दिएको छ।
कम लागतको यस मोबाइल फोन न्यून आयस्तर भएका व्यक्तिलाई पनि लाभकारी हुनेछ। यो मोबाइलमा वायरलेस एफएम, क्यामेरा, एमपी थ्रि, एमपी फोर, ब्लुटुथलगायतका सुविधासमेत रहेका छन्।नेपाली बजारमा पहिलोपटक २ वर्षे वारेन्टी भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्