सल्यानका तिन क्याम्पसमा स्ववियु निर्बिरोध घोषणा

0
Shares

सरिता चलाउने
फाल्गुण १६, सल्यान
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा अन्य जिल्लाको क्याम्पसमा बिरोध भैरहेपनि सल्यानमा भने तिन वटा क्याम्पसमा स्वतन्त्र विधार्थी यूउनियान निर्वाचनबाट निर्बिरोध गठन भएको छ ।

बहुमुखि क्याम्पस सल्यान, शिबजन क्याम्पस सितलपाटी, कपुरकोट बहुमुखी क्यम्पसमा अहिले सम्म कसैले पनि उममेदार दर्ता नदिएको हुनाले तिन वटा संगठनहरुको बिच स्वतन्त्र विधार्थी यूउनियान निबार्चन निर्बिरोध गठन गरिएको हो ।

सल्यान जिल्लामा कृयाशिल तिन विद्यार्थी संगठन नेपाल विद्यार्थी सघं, दअनेरास्ववियु र अखिल( क्रान्तिकारी )विद्यार्थी संगठनको सहमतिमा त्रिभुवन विश्व विद्यालको कार्यतालिका अनुसार सहमति भएका क्याम्पसहरुमा घोषणा गर्ने क्रमम सल्यानका तिन क्याम्पसमा स्ववियु घोषणा गरीएको छ ।

सल्यान वहुमुखी क्याम्पसमा अनेरास्वियुलाई अध्यक्ष परेको थियो यस्तै ने.वि.सं लाई सचिव र सह–सचिव भाग परेको थियो यस्तै अखिल क्रान्तिकारी लाई उपाध्यक्ष भाग परेको थियो सभापतिमा राम वहादुर के.सी उप–सभापतिमा हिमाल उपाध्याय, सचिवमा ललित के.सी सह–सचिवमा संजिव विष्ट र कोषाध्यक्षमा मित्रलाल सुनार रहनु भएको छ ।

यसै गरेर सदस्यहरुमा पुस्कर वि.क,यज्ञराज वोहरा,अन्जना रेग्मी ,भिम वहादुर चन्द,डम्वर सिं राना ,चन्द्र वहादुर महतरा,वुद्धिमान पुन ,सिर्जना नेपाली ,सरिता चलाउने र मोतिकला घर्ती रहनु भएको छ यस्तै शिवजन क्याम्पस सितलपार्टीमा अखिल क्रान्तिकारीलाई अध्यक्ष र सह–सचिव अनेरास्ववियुलाई कोषाध्यक्ष,र ने.वि.सं लाई कोषाध्यक्ष र सचिव भाग परेको थियो अध्यक्षमा हरि प्रकाश वलि,उपाध्यक्षमा निरज सिहं,सचिव प्रमोद भण्डारी,सह–सचिवमा रमेश वुढाथोकी र कोषाध्यक्षमा अन्जना चन्द रहनु भएको छ ।

यस्तै सहस्यहरुमा भावना के.सी,कमला भण्डारी ,टेक वहादुर वुढाथोकी ,तिलक डागीं, भवानि थापा,कुष्मा वलि,सरिता थापा,ओमकार वुढाथोकी,चेतना वस्नेत,र अन्जली शर्मा रहनु भएको छ । यस्तै कपुरकोट क्याम्पसमा पनि घोषण भएको छ ।

नव निर्वाचित पदाधीकारी हरुलाई नेपाल विद्यार्थी सघं सल्यानका सभापति प्रकाश भण्डारी अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष घनश्याम पुण,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ६ का प्रवक्ता हिमाल योगी लगाएतकाले कार्य समितिलाई वधाई तथा शुभकामना दिदै सल्यानको हकहितका निम्ती सवै जिल्लामा कृयाशिल एकतावद्ध भएर जाने प्रतिवद्धता व्यक्त गरेका छन जिल्लालाई सहमतिको सन्देश केन्द्र सम्मपु¥याने आफनो अभियान जारी रहने वताएका छन ।