अनिल खत्री
गुल्मी फाल्गुन १६ । गुल्मीको जोहाङ्ग गाविसमा रहेको ज्ञानोदय निम्न माध्यमिक विध्यालय स्वर्ण महोत्सवमा दलित विध्यार्थीहरुद्धारा अतिथि पाहुनाहरुको लागि पञ्चेबाजा बजाएर भव्य स्वागत गरेका छन् ।
स्वर्ण महोत्सवको अबसरमा विध्यालयमा प्राथमिक तह अन्तर्गत कक्षा १ देखि ६ कक्षासम्म अध्ययन्तरत दलित विद्यार्थीले पञ्चेबाजा बजाएर महोतसवलाई थप आकर्षण उर्जा सँगै महोत्सवमा उपस्थित सबै अतिथि तथा दर्शकहरुलाई आश्चर्य चकित पारेका छन् ।
विध्यालयमा ६६ प्रतिशत दलित विद्यार्थीले अध्ययन गर्ने उक्क्त विध्यालयमा यसरी प्रस्तुत गरिएको पञ्चेबाजाले कला संस्कृति तर्फ युवा पुस्ताको सक्रियतामा थप बल पुर्याउदै पञ्चेबाजाको संरक्षणमा विध्यालयले महोत्सव मार्फत दलित विध्यार्थीहरुमा रहेका प्रतिभा तथा कलालाई प्रष्फुटनमा विशेष ध्यान दिएको विध्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले जानकारी दिए ।











प्रतिक्रिया