श्रीमान्ले छोडेपछि नागरिकता विहीन

0
Shares

श्रीमान् साथमा नहु“दा दोलखा काब्रे गाविसकी सुनिता मिजारले नेपाली नागरिकता पाउन सकेकी छैनन्।

१० वर्षअघि झापा घर बताउने सोनाम राईस“ग विवाह बन्धनमा बा“धिएकी ३६ वर्षीया मिजारको छोरा उज्वल मिजार १० वर्षको भइसकेको छ। आफूले नागरिकता बनाउन नसकेकाले छोराको जन्म दर्तासमेत हुन नसकेको सुनिताले गुनासो गरिन्।

‘विवाहअघि माइतबाट नागरिकता बनाइन“, अहिले श्रीमान्को पहिचान खोज्छन्’, सुनिताले भनिन्– ‘श्रीमान्ले छोडेर गएपछि नेपाली भएर पनि म नागरिकताविहीन बनेको छु।’ भारतको गान्टोकतिरकै बसाइका क्रममा २६ वर्षको उमेरमा सोनाम राईस“ग प्रेम विवाह गरेकी सुनितालाई छोरा जन्मिएलगत्तै सोनामले छोडेर गएपछि समस्या भएको हो। ‘अहिले माइतमा बसेकी छु, दुःखजिलो गरेर कमाएको पैसाले थोरै घडेरी पनि जोडें तर नागरिकता नभएकाले न छोराका लागि केही सेवासुविधा लिन सकियो न आफूले किनेको जमिन नै आफ्नो नाममा गर्न सकियो’ –सुनिताले गुनासो गर्दै भनिन्। सुनिताको आमा सुन्तली मिजार ७० वर्षकी छन् भने बुबा नरबहादुर मिजार ८५ वर्षका छन्। बुबाआमाको शेषपछि के होला भन्ने चिन्तासमेत थपिएको छ सुनितालाई। आफूले किनेको जमिनसमेत नागरिकता नभएकाले आमाको नाममा पास गरेकी सुनिता नागरिकता बनाउन पाए छोराको भविष्य राम्रो बनाउन सकिने आसमा गाविस र जिल्ला प्रशासन कार्यालय धेरैपटक पुगिसकेकी छन् तर उनले अहिलेसम्म पनि नागरिकता पाउने मेसो भेटेकी छैनन्।

‘नागरिकताका लागि सिफारिस गर्न बुबाआमा दुबै तयार हुनुहुन्छ तर नागरिकताका लागि गाविस, जिल्ला प्रशासन जता पुगे पनि श्रीमान्को खोजी हुन्छ’, सुनिताले भनिन्– ‘अब हु“दै नभएको श्रीमान् मैले कहा“बाट ल्याउने।’ विवाह गरेर घर नगएकी सुनितालाई न सासूससुराको बारेमा जानकारी छ, न घर कहा“ हो थाहा छ। ‘माया बस्यो, विवाह गरें त्यति बेला घर जाने र नागरिकता बनाउने बुद्धि आएन अहिले आवश्यकता हुने थाहा पाउ“दा नागरिकता बनाउनै सकिन“’ –सुनिताले गुनासो गर्दै भनिन्। ‘श्रीमान्ले झापा घर भन्थे’, सुनिताले भनिन्– ‘नागरिकता नहुदा यस्तो समस्या हुन्छ भन्ने थाहा भएको भए त जसरी पनि घर गएर नागरिकता बनाउ“थें होला नि।’

जिल्ला प्रशासन कार्यालयले गाविसका सिफारिस भए नागरिकता दिन सकिने बताएको तर गाविसले सिफारिस नदिएको सुनिताको भनाइ छ। काब्रे गाविसका सचिव नारायण दाहाल भने सुनिताले आफ्नो वास्तविक सबै कुरा खुलाएर निवेदन दिए प्रचलित कानुनअनुसार केही गर्न सकिन्छ या सकिन्न भन्नेबारे छलफल गर्न सकिने बताउ“छन्। ‘जोसुकै नेपालीले नागरिकता पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ, तर सुनिताको वास्तविक अवस्था के हो त्यसबारे जानकारी भएपछि मात्र कसरी नागरिकता दिन सकिन्छ भनेर सिफारिस गर्ने कुरा हुन्छ’ –सचिव दाहालले भने।

पीडित सुनिताले गाविस सचिवको भनाइअनुसार आफ्नो सम्पूर्ण विवरण खुलाएर गाविसमा निवेदन दिएको र अहिले नागरिकता पाउने आशमा बसिरहेको बताइन्। ‘श्रीमान् नभएकै कारण अब नागरिकताविहीन बन्नुपर्दैन भन्ने लागेको छ’, सुनिताले भनिन्–‘ हेरांै के होला।’