सेरामिक्स बनाउने भट्टी निर्माण

0
Shares

काठमाडौँ, ७ फागुन । नेपाल हस्तकला महासङ्घले रु १५ लाख लागतमा मिर्तिका कला (माटोबाट निर्माण गरिने कला अथवा सेरामिक्स) बनाउने भट्टी निर्माण गरेको छ ।

महासङ्घले विश्व कला परिषद्को सहयोगमा भक्तपुर नगरपालिका र ठिमीमा सेरामिक्स बनाउने तीनवटा भट्टी निर्माण गरेको हो । जसमध्ये दुईवटा नयाँ र एकवटा भूकम्पले क्षति पु¥याएको पुरानो भट्टीलाई पुनःनिर्माण गरेको हो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले पुरानो कलाको रुपमा रहेको मिर्तिका कलाको विकास र विस्तारका लागि महासङ्घले विश्व कला परिषद्सँग मिलेर उक्त भट्टी निर्माण गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो कार्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्नेछ ।”

तीनवटा भट्टीबाट भक्तपुरका ४०० भन्दा बढी घरपरिवारले लाभ उठाएको महासङ्घले जनाएको छ । उक्त ठाउँमा निर्माण भएको सेरामिक्सलाई महासङ्घले विश्वका विभिन्न मुलुकमा बेच्ने काम समेत गरेको छ । रासस