एक्ससिएमजीका हेभी इक्वीपमेन्ट नेपाली बजारमा



काठमाडौं, (नेस)
एक्ससिएमजी ग्रुप कम्पनिको उत्पादनलाई आईडीएमसी प्रालि हेभी इक्वीपमेन्टले नेपाली बजारमा भित्र्याएको छ। एक्ससिएमजी चाइनिज कन्स्ट्रक्सन उद्योगको क्षेत्रमा अग्रणी रहेको छ। यसको विकास चीनको निर्माण उद्योगमा सबैभन्दा ठूलो र व्यापक रहेको कम्पनीको भनाइ छ। एक्ससिएमजी विश्वको ५औं कन्स्ट्रक्सन मेसिनरी उत्पादन गर्ने कम्पनी हो भने चीनको पहिलो नम्वर कम्पनी रहेको कम्पनीको दाबी छ।

दुई हजार टन क्षमता, ५ हजार टनसम्मको क्षमता तथा चीनमा सबैभन्दा बढी क्षमताको १२ टनको लोडर सय मिटरमाथि पनि आगो निभाउन सक्ने फायर ट्रक र चौंथो पुस्ताको इन्टेलिजेन्स मेसिनरी औजार बनाउन सफल भएको कम्पनीले विश्व बजारमा ठूलो पकड राख्न सफल भएको छ। यसले विकास गरेका २१५६ रजिष्र्टड पेटेन्ट १६४ पेटेन्टेक आविष्कारको साथै सयभन्दा बढी आफ्नै प्रविधि विकासका कारण एक्ससिएमजीलाई संसारभर पुर्याउन सकिएको कम्पनीको भनाइ छ। नेपालका लागी आधिकारीक बिक्रेता आईडीएमसी प्र्रालिका अध्यक्ष प्रविन ढंगानाल एक्ससिएमजीका वस्तु गुणस्तरीय अन्य कम्पनीहरूको दाँजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेका कारण यसलाई नेपाली बजार भित्र्याइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्