कोका–कोला मोःमोत्सव फेरि



काठमाडौं, (नेस)
कोका–कोलाले मोःमोत्सव फेरि ल्याएको छ। विश्वभर रिफ्रेसिङ कोका–कोलाका साथमा मानिस विभिन्न प्रकारका खानाको आनन्द लिन्छन्। नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई निरन्तरता दिँदै, कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्ट तथा भोजनालयहरूसँगको सहकार्यमा ‘कोका–कोला मोःमोत्सव’ गत वर्षदेखि आयोजना गर्दै आएको छ।

यस अभियानले कोका–कोलाका साथमा मःमःको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ। यस वर्षको मोःमोत्सव मध्य मार्चसम्म आयोजना हुनेछ। यो अभियानको एक भागको रुपमा नायिका प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरूका साथमा विभिन्न आउटलेटहरू भ्रमण गर्नेछन्।विभिन्न आउटलेटहरूमा कोका–कोला र मःमःको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरूलाई सेलेब्रेटीहरूले सोही स्थानमा भेट्ने छन्। साथै विभिन्न रमाइला पुरस्कारहरू जित्न सक्नेछन्।

मोःमोत्सव अभियानमा मःमः खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ,। जसको लागि फुटबल खेलाडी जसले यो प्रतिस्पर्धामा जित्न सक्दछ जस्तो लाग्दछ त्यसलाई आफूले समर्थन गर्न सकिनेछ। मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र विराटनगरका विभिन्न रेष्टुरेन्ट तथा भोजनालयमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्