ग्यासको मूल्यवृद्धि प्रति आपत्ति



काठमाडौं, (नेस)
खाना पकाउने ग्यांसको मूल्य नेपाल आयल निगमले बुधबार रातीदेखि लागू मूल्यवृद्धि गरेकोप्रति राष्ट्रिय उपभोक्ता मञ्चले आपत्ति जनाएको छ। मञ्चले विज्ञप्ति जारी गर्दै गत महिना इन्धनको तस्करी भयो, अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भन्दै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको निगमले पुनः ग्यांसमा मूल्य वृद्धि गरी केही हदसम्म स्थिर भइरहेको आर्थिक बजारलाई अस्थिर पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो।

मञ्चका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रतिब्यारेल ५० देखि ५२ डलरको हाराहारी स्थिर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो भन्ने तर्क आफैंमा खण्डनयोग्य रहेको जनाएको छ। इण्डियन आयल कर्पोरेसनबाट ल्याएको तेल भारतमा तस्करी भयो भन्ने कुरा झनै राष्ट्रिय बेइज्जतिको कुरा हो भन्दै सरकारको सुरक्षा संयन्त्रलाइ निकम्मापन देखाउने काम भएको विज्ञप्तिमा भनिएको द्ध। अहिले खाना पकाउने ग्यांसमा निगमको भनाइ अनुसार प्रतिसिलिन्डर १६२ रुपियाँं घाटा छ भने अहिले पनि पेट्रोल, मट्ट्तिेल र हवाई इन्धनमा ठूलो नाफा छ। विगत दुई वर्षदेखि अत्याधिक नाफामा चलिरहेको निगमले विगतमा दुई रुपियाँसम्म घाटामा बेच्न सकिने खाना पकाउने ग्यांसमा अहिले मूल्य बढेको बहानामा मूल्य बढाउनु आम उपभोक्तालाई चरम शोषण गरी कर्मचारीलाई बोनस बांड्ने षडयन्त्र बाहेक अरू केही हुनै नसक्ने भन्दै त्यसको मञ्चले भार भत्सर्ना गरेको छ।

अनुचित तरिकाले जनतालाई शोषण गर्ने र सरकारलाई अप्ठ्यारोमा पार्ने काम गरी निगमले स्वेच्छाचारी प्रवृति अपनाएको हुँंदा प्रधानमन्त्रीले यस सम्बन्धमा तत्काल कदम उठाउनुको साथै बढेको मूल्यवद्धि तत्काल फिर्ता गर्नको लागी आदेश दिन मञ्चले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्