बस जलेर नष्ट

0
Shares

कोहलपुर, ११ पुस । कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस जलेर नष्ट भएको अवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आगलागी भएको बसमा बस चालक र यात्रु कोही पनि नभएकाले बसमा आगलागी भएको हो वा गरिएको हो भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

बसको मालिक को हो भन्ने समेत पत्ता नलागेको कोहलपुर प्रहरीले जनाएको छ । रासस