अपराध नियन्त्रणसम्बन्धी तालिम शुरू

0
Shares

लमजुङ, (नेस)जिल्ला प्रहरी कार्यलयमा कार्यरत हवल्दार तथा प्रहरी जवानका लागि अपराध नियन्त्रण तथा अनुसन्धान तालिम दिइएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार सो तालिम दिइएको हो।

तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले उद्घाटन गर्नुभयो। उहाँले सहभागीलाई तालिममा प्राप्त सीपले कार्यक्षेत्रमा दक्षता हासिल गर्न अनुरोध गर्नुभयो। प्रनाउ समीरचन्द्र खरेलको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो। सो तालिममा ९ हवल्दार २९ प्रहरी जवान गरी ३८ जनाले भाग लिएको प्रनाउ खरेलले बताउनुभयो। उहाँका अनुसार सो तालिम एक हप्तासम्म सञ्चालन हुने कार्यक्रम छ। प्रहरी प्रधान कार्यालयको तालिम घुम्ती शिविर कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको हो।