आमालाई बलात्कार गर्न खोज्ने पक्राउ

0
Shares

सन्तोष अधिकारी, गोरखा

आफ्नै आमालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक युवालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला आफ्नै ४६ वर्षकी आमालाई बलात्कारको प्रयास गरेको भन्दै गोरखा नगरपालिका ११ का २६ वर्षका यमबहादुर (नाम परिवर्तन) लाई पक्राउ गरिएको हो।

सोमबार राति ८ बजे घरमा कोही नभएको मौका पारी आमालाई बलात्कार गर्ने प्रयास गरेको भनेर आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ। ‘बलात्कार गर्न खोजेपछि पानी खाएर आउँछु भनेर बाहिर निस्की भाग्न सफल भएको उनले बताएकी छन्’, जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाले भने– ‘भागेर उनले स्थानीयबासीको सहयोगमा प्रहरीलाई खबर गरिछन्। उनले खबर गरेकै दिन राति प्रहरीले छोरालाई पक्राउ गर्
यो।’ उनीविरुद्ध जबरजस्ती करणीको उद्योगसम्बन्धी मुद्दा दर्ता भई पाँच दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको थापाले बताए।

त्यस्तै प्रहरीले बालिका बलात्कारको आरोपमा अर्का वृद्धलाई पनि पक्राउ गरेको छ। तान्द्राङ गाविस–४ मजिन्थोकका ६७ वर्षीय वृद्धले आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेको थापाले जानकारी दिए। उनलाई पनि यामबहादुरसँगै मङ्गलबार नै मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।