बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बुवालेसमेत बयान फेरेको बताइएको छ ।
निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता, २०७८’ को पूर्ण पालना सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।
निर्माण कार्य सम्पन्नभई व्यवसायीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई कानुन विपरीत निलम्बन गरिएको भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेदवार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् ।
हनुमान जन्मोत्सवको अवसरमा भैरहवामा प्रतिककोरूपमा हनुमान देखिएका छन् । जन्मोत्सवको अवसरमा विभिन्न रुपमा हनुमानले नगरको परिक्रमा पनि गरेका छन् ।
अश्लील भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैँडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गठन भएको पर्यटन पुनर्उत्थान समितिले आफ्नो कार्यादेश सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
काठमाडौं । फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क
चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्ति आर्जन गरेको छ ।
युनिलिभरको 'विश्वलाई दिगो साझा बास स्थान बनाउने' प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।
स्याङजाको वालिङमा जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको छ ।
कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच छैठौं पटक बसेको बैठक पनि निष्कर्ष विहीन बनेको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ ।
किभ । किभ–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो । ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माध्यमिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूलाई मधेसका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।
भैरहवा । भैरहवामा पहिलो पटक भएको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनशिपको उपाधि नेपालको रुपन्देही–११ ले जितेको छ । अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनल
भक्तपुर । हरेक महिना साइकल यात्रा आयोजना गर्ने सुझावका साथ ख्वप कलेजको नयाँ वर्ष साइकल यात्रा सकिएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्राको आयोजना गरिएको थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।