काठमाडौँ ।
६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चन्द्रागिरि साकोसले नेपालमा पहिलो पटक सार्वजनिक सवारी भाडा डिजिटलाईजेशन सेवा सुरु गरेको छ । चन्द्रागिरि साकोस र फिनटेक इन्टरनेशनलबीच सेवा सञ्चालनका लागि चैत्र २० गते सहमती पत्रमा हस्ताक्षर भएको हो ।
यस सेवा अन्तर्गत यात्रुहरूले यात्रा कार्ड वा फिनटेक मोबाइल एप प्रयोग गरी सार्वजनिक यातायातको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । बसमा चढ्दा र ओल्र्दा कार्ड ट्याप वा एपको क्यूआर कोड स्क्यान गरेर भाडा सहज तरिकाले तिर्न सकिने व्यवस्था गरिएको छ । यात्रा कार्ड युटिलिटी बिल भुक्तानीका लागि पनि प्रयोग गर्न सकिनेछ ।
फिनटेक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठका अनुसार यो सेवा नेपालमा पहिलो पटक चन्द्रागिरि साकोसमार्फत सुरु भएको हो । चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सदस्यले बस भाडामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताउनुभयो ।











प्रतिक्रिया