निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित


काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार पाण्डेले ५१४ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत ल्याए।

यसैगरी वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भए। महासचिव पदमा भने पाण्डे समूह बाहिरका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।

अन्य पदाधिकारीमा नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष शाह निर्वाचित भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह-कोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी हुँदा महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएकी छन्।