गौर अदालतका कर्मचारी घुससहित पक्राउ

4.98k
Shares

रौतहट ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्टिङ अपरेसन सञ्चालन गरी जिल्ला अदालत गौरका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति लव कुमार सिंह रहेको आयोगले जनाएको छ।

 रौतहटको बसन्तपट्टि निवासी सिंह जिल्ला अदालत गौरमा करारमा डिठ्ठा पदमा कार्यरत थिए।

आयोगका अनुसार सिंहले अदालतको फैसलाबमोजिम जग्गा फुकुवा गराइदिने (दा.खा. पुर्जी गर्ने) कार्यका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए। प्राप्त उजुरीका आधारमा हेटौडाबाट खटिएको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

उनलाई गौर नगरपालिका–१ स्थित रौतहट जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।