अब सपना होइन, विपनाको युग शुरु गर्नुपर्नेछ । वर्षौंसम्म जरा गाडेर बसेको श्री ३ राज भत्किन १०४ वर्ष लागेको थियो । तर पछिल्लो समय भने जनता जागेर ३ दशक बढीको सपनाको युग भत्काउन सफल भएका छन् । पु्रानो मान्यतालाई विस्थापित गर्दै, डाँडाकाँडाले भरिएका सुन्दर पहाडहरुलाई भत्काउँदै बनेका भ्युटावरहरुको उधारो सपना अब देख्नुहुन्न । सेता टावरहरुले देशको गरिबी देखेन । बरु ग्रेलिस्ट देख्यो र यात्रुविनाका विमानस्थलहरु बनिरहँदा अख्तियारमा मुद्दाका चाङ लागे । पछिल्लोपल्ट दोस्रो काण्ड भ्रष्टाचारको मुद्दा पोखरा विमानस्थललाई लिएर मुद्दा दर्ता भएको छ । कहिल्यै धन नचाहने पशुपतिनाथमा आफ्नै सुनको नाम त्यो पनि लुकेर लेखाउने श्रीहरुका कारण धर्मक्षेत्रको अग्रणी भनिएको विकास कोषका स्टाफहरु मुद्दामा परे । लेकतन्त्रलाई लुटतन्त्रमा परिणत गर्ने श्रीहरुको सर्वनाक हारमा देशले विजय पाएको छ, अहिले ।
पङ्क्ति तयार भइरहँदा लिपुलेक, लिम्पियाधुरा, कालापानी नाकाबाट व्यापार गर्ने गरी भारत–चीन दुई देशका बीच व्यापारिक समझदारी भएको खबर आएको छ । यसै जुन १ देखि निष्क्रिय रहेको यो मार्ग पुनः सक्रिय हुने भनिएको छ । संविधान संशोधन गर्दै लोकतान्त्रिक हिमायतीहरुले देशको नयाँ नक्सा जारी गरे प्रयोगमा ल्याएनन् । मित्रराष्ट्रलाई कूटनीतिक नोट पठाएर झारा टार्ने काम गरे । उत्तरतिर गएर विरोध गरेजस्तो पनि गरे, दक्षिण बढी चिढियो । त्यसको समाधान पनि अहिलेकाका लागि चुनौतीपूर्ण कार्य हुनेछ, यसै पनि इन्धनको कमी भई जोर–बिजोर सवारी सडकमा चलाउने आलोपालोको कुरा आइरहँदा र रित्ता ग्यास सिलिन्डरहरुका कारण आम जनजीवन संकट परिरहेका बखत । बन्न नपाउँदै गल्ने सडक, पूर्वाधारहरु र पूँजीगत खर्च नै हुन नसक्ने र अधिक चालू खर्च, त्यो पनि ऋणबाट र विप्रेषणबाट चलाउनुपर्ने देशको अर्थचक्र मुठ्ठीभर एक दर्जन व्यक्तिमा निहित छ ।
झुटको सपना देखाएर आफ्ना कार्यकर्तालाई कृषि अनुदान दिने र जुनसुकै काम वा ठेक्कापट््टा पनि आफ्नै कृपापात्रहरुलाई दिने युगको अन्त्य गर्नुपरेको छ अब । अब सपना बाँड्ने होइन, विपना देखाउने हो । यथार्थ काम गर्ने हो, सेवा गर्ने हो, राजनीतिबाट मेवा लिने होइन । नेता र उनीहरुका कृपापात्रहरुका लागि गरिँदै आएको राज्यकोषको अर्बौं खर्च अब रोकिनुपर्छ ।
त्यो युगको अब समाप्ति हुन जरुरी छ । घरघरै ग्यास पाइप लाइन, पर्याप्त सिँचाइ र रासायनिक मल, बीउबीजन समयमै वितरण गर्ने भन्दै झुटको सपना देखाएर आफ्ना कार्यकर्तालाई कृषि अनुदान दिने र जुनसुकै काम वा ठेक्कापट््टा पनि आफ्नै कृपापात्रहरुलाई दिने युगको अन्त्य गर्नुपरेको छ अब । अब सपना बाँड्ने होइन, विपना देखाउने हो । यथार्थ काम गर्ने हो, सेवा गर्ने हो, राजनीतिबाट मेवा लिने होइन । नेता र उनीहरुका कृपापात्रहरुका लागि गरिँदै आएको राज्यकोषको अर्बौं खर्च अब रोकिनुपर्छ । सर्प पाल्ने, बाख्रा पाल्ने, मृगौला फेर्ने नाममा दिइने रकम बाटाघाटा, स्कूल, चौतारी, सार्वजनिक सवारीमा प्रयोग हुनुपर्छ ।
नेपाल नक्साअंकित बर्थ–डे केक, त्यो पनि हवाईजहाज चढाएर लगी पूर्वतिर पहाडमा काटेपछि नै देशलाई धेरै दशा लागेको हो । कोरोनाका नाममा लुटतन्त्र हाबी भएपछि देशलाई झनै दशा लागेको हो । जसले सिटामोल पाएन, ऊ म¥यो । तर बैंकक, सिंगापुर, अमेरिकामा गएर भाइभारदार, कुरुवासमेत भन्दै परिवारैलाई जहाज टिकट मात्रै होइन, दैनिक भ्रमण भत्ता त्यो पनि विदेशी मुद्रा दिएरै बिरामी उपचार भनेपछि देशलाई दशा लागेको हो । आर्यघाटमा मलामीका रुपमा राजनीतिकर्मी कोही भेट्न आउँदा मुख्यमन्त्रीले एकै वर्ष दर्जनपल्ट दैनिक भ्रमण भत्ता लिएर ढुकुटी रित्याएदेखि नै देशलाई दशा लागेको हो । जनतालाई एकमुठी शुद्ध पानी नदिने तर बालुवाटारको आलिसान महलमा विदेशी पानी र खानाले नपुगेर होलिवाइनमा रत हुन बालुवाटारबाट सोल्टी होटलमा डेरा सरेदेखि नै देशलाई दशा लागेको हो । परचक्रीले भन्यो भन्दैमा मौलिक राष्ट्रिय धर्मलाई पसलमा राखेदेखि नै दशा लागेको हो । काम माखो नमार्ने, गफले आकाश–पाताल हाँक्ने गरेदेखि नै देशलाई दशा लागेको हो । पुरुष सांसदहरुले सुत्केरी औषधि, बैंककदेखि यहाँका तारे होटलमा सांसद खरिद–बिक्री गरेर लोभतन्त्र बचाउन प्रयास गरेदेखि नै दशा लागेको थियो । सत्ता टिकाउनैका लाग एकैपल्ट ४ दर्जन बढीको मन्त्रिमण्डल बनाउने कामदेखि त दशा लागेकै थियो, इँटाभट्टामा इँटा नपोलिएर मान्छे पोलिने अनि तिनलाई नै आम माफीदेखि भएभरका पुरस्कार दिइनाले र आफ्नै नातागोताभित्रकालार्ई समानुपातिकतिर सिट मिलाउनाले दशा लागेको हो ।
साढै तीन दशकका कहाली लाग्दा दुर्गन्धहरुका चाङ छन् । आलेखहरुमा अभिव्यक्त छन् । पुनः दोहो¥याउनु भनेको समय खर्चिनु मात्रै हो । त्यसको प्रत्युत्तर फागुन २१ मा आइसकेकाले अबको सपना झुटको होइन, यथार्थका लागि हुनुपर्छ भन्ने आलेखको आशय हो । धूलो धूलो नै हो, फेरि पिँधिराख्नुपरेन । पिँध्नका लागि आयोगहरु बने तर आयोगका सिफारिसहरु बाहिर आउन सकेनन् । त्यसबाट स्पष्ट हुन्छ– आयोग होम डेलिभरीका लागि बनेको थियो, बाँकी काम त छयालीसदेखिकै अधुरो छ । राज्यको ढुकुटी रित्तिउन्जेल आयोग, नियोग, सय्यौँ संयन्त्रहरु बनिरहे ।
यति धेरै बने कि देशले पाल्नै नसक्ने भयो । अब कर्मचारी घटाइने कुरो छ, जायज पनि होला तर त्यसभन्दा पहिले राजनीतिक नियुक्ति र आफन्तका लागि बनाइएका संयन्त्रहरु घटाइनुपर्छ । कर्मचारी त्यति धेरै छैनन्, बरु भएका दरबन्दी नै आधाआधी पूर्ति नै भएका छैनन् । अहिले पनि स्थानीय तहमा कर्मचारी आपूर्ति दरबन्दीअनुसार छैनन् । यति धेरै महालेखाको बेरुजु शायद देशले कहिल्यै बोकेको थिएन । यति धेरै व्यापारघाटा र ५ वर्षमा यति ठूलो सार्वजनिक ऋण इतिहासले बोकेको थिएन । छयाली सालअघिसम्मको ऋण ३० अर्ब, त्यसमा कति राजमार्ग र उद्योगधन्दा अनि रोजगारी थियो । अहिले ३० खर्बको ऋणमा सबै युवाशक्ति बेरोजगार हुँदै खाडी पलायन छन् । पश्चिम एसियाको अहिलेको ताण्डव नृत्यमा २० लाख बढी नेपालीको रोजगारीमा असर पर्दै छ । पेट्रोलियम पदार्थको समस्या त आम विश्वकै भएको छ । मध्यपूर्वमा गएका सबै नेपाली एकैपल्ट फर्किने भए भने कुन चार्टरले यहाँ ल्याउने र तिनलाई के काम दिने ? कुनै सपना देखेको छैन लोभतन्त्रले । यो तन्त्रले आफू र आफन्तलाई रोजगार बनायो, बाँकी सबैलाई कतै खेद्यो, विदेशमा धेरै खेद्यो ।
चीन हामीभन्दा गरिब थियो, भोकमरीमा थियो । भारत हामीसँगै स्वतन्त्र भएको हो । दुवै देशले गरेको प्रगति कस्तो छ अहिले ? युरोप, अमेरिकामा यिनले खाद्यान्नसमेत निकासी गर्छन्, यत्रा जनसंख्यालाई खुवाएर । पूर्वाधारमा हेरौँ, भारतको कोलकातामा धेरै सवारी आवागमन हुन्छ । हाउडाको पुल जसमा पिलर छैन, बनेको पनि ८३ वर्ष भयो, चलिरहेको छ अहिलेसम्म, कसरी ? हाम्रा पुलहरु बनाउनासाथ भत्कन्छन्, किन ? राजमार्गहरुले कति मान्छे खाए, हाम्रो लोभतन्त्रलाई ज्यानमारा किन नभन्ने ? कति मरेका छन्, सधैँ प्राकृतिक प्रकोप र मानव दुर्घटनाहरुबाट । चन्द्रशमशेरलाई गाली गरियो तर काठमाडौँमा अनाज र लत्ताकपडा आपूर्ति गर्न, भोक टार्न अमलेखगन्ज–हेटौँडा हुँदै मातातीर्थसम्म र टेकु भन्सारमा वस्तु आपूर्ति गराउने रोप वे उनैले स्थापना गरेका हुन् । त्यसको अन्त्य यही लोभतन्त्रले गरेको हो । यति मात्रै होइन, गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता लगायतका सय्यौँ उद्योगधन्दाहरुको गला रेट्ने काम कसले गरेको ? हाम्रो लोभतन्त्रले नै त होे । उद्यमी, व्यापारीहरुलाई उद्योग व्यापार गर्न नदिई राजनीतिको झोला बोकाएर निजीक्षेत्रको मनोबल गिराउने काम हाम्रै भगौडाहरुले गरेका हुन् । जति बेला देश संकटमा थियो, तुइन चढेर यी भाग्दै रहे । सिंहदरबारसमेत बचेन, जल्यो, ढल्यो, घुम्टो ओढेर शिर निहुराई बसेको छ, इतिहासकै निर्लज्ज भएर । पुराना राणाहरुले बनाए, नयाँ राणाहरुले सिध्याए । सामाजिक सेवा दिवस भन्दै बिजुलीका पोल–पोलमा आफ्ना फोटाहरु झुन्ड्याउने काम गरेर देशमा बेरोजगारहरुको अखडा बनाउने अनि प्रदूषणमा अब्बल गराउने काम यिनैले गरे । कूटनीतिक असन्तुलन त गरे नै, पञ्चशीलको असंलग्न परराष्ट्र नीतिको बर्खिलाप हुने गरी कसैलाई भित्र्याए, कसैलाई चिढ्याए । मानो रोपेर मुरी फलाइने कृषिउपजको गला मात्रै रेटेनन्, विदेशीको कोटामा अन्नलाई राखे र बिजुली निर्यात भन्दै अधिक आयात गर्दै रहे । संसारकै धनी पानीको देशमा संसारकै महँगो बिजुली बेचाए र ट्रंक डेडिकेटेड लाइन भन्दै ठूला व्यापारीहरुसँग राज्यले महसुल नै उठाएन । बालुवाटारबाटै वकालत र फैसला भयो । एनसेल, भुटानी शरणार्थी, टीकापुर जग्गा, बालुवाटार, ललितनिवास, सेरा दरबार, गोकर्ण रिसोर्ट, राजाहरुका दरबार आदि जग्गामा के–के गरे–गरे ? हिसाबै भएन ।
सबैभन्दा कमजोर सार्वजनिक प्रशासनयन्त्र रह्यो । सुशासनको सुगा रटाइ, भ्रष्ट शासन, भ्रष्टाचार अख्तियारमा मुद्दा नजाने कोही भएन । एयरपोर्ट काण्ड, सुनको थैला हराउने, कर्मचारीमा हात हालाहाल, नैतिकता र इमानदारिताको अभाव यी सबै बाहिर आएका विषय हुन् । निर्मलाहरुले कन्चनपुरमा मात्रै होइन, हजारौँ किशोरीहरुले न्याय पाएनन् । बलात्कारीको देश भनेर चिनियो । हत्या, हिंसा, उपद्रव, अमानवीय घटनाले सीमा नाघ्यो । गृह प्रशासन सबैभन्दा कमजोर रह्यो । खानेपानीसमेत आपूर्ति राम्ररी भएन । अस्पताल सेवा पाइएन । बिमितहरुले दुःख पाए । राष्ट्रिय परिचयपत्र भन्दै हरेक क्षेत्रमा यसलाई अनिवार्य गराइयो ।
परिचयपत्र बनाउन महिनौँ सास्ती खेप्नुप¥यो । सकी नसकी अधिकांशले यस्तो कागजको खोस्टा बनाए, अब सरलीकरण भन्दै सरकार उफ्रँदै छ । लास बनुन्जेल कराउँदा कसैले सुनेन, अब यसमा भीड छैन, अब कुनै कागज नचाहिने भनेर के हुन्छ, हो यही नै हो लोकतन्त्रले बाटो बिराएको हामीले कराएको, भोकपछिको भोजन र मृत्यपछिको औषधिको के काम हुन्छ ? जति बेला अति दुःख दिइयो, क्वाँ–क्वाँ रुँदै लाइन बसेर यी काम भए, अन्ततः ६८ वर्ष उमेरका वृद्धहरुको खाइपाइ आएको भत्ता पनि खोसियो । पछिलो समय बिमाको रकम तिरिसकेको औषधि पाइएन अस्पतालहरुबाट । रेफरका केसहरु अभैm जीवित छन्, जसले बिरामीहरुलाई भारी समस्या गराई नै रहेको छ । यी विभिन्न परिवेश र सास्तीहरु ओकल्न हजारौँ आलेखहरु आवश्यक पर्न सक्छन् । सुन्नेलाई एउटै काफी हुन्छ । अब आएकाले सपनाका खोस्टा बाँड्ने होइन, विपना नै देखाउन सक्नुप¥यो ।











प्रतिक्रिया