गोरखा–१ मा रास्वपाका सुदन गुरुङ फराकिलो अग्रतासहित जिततर्फ


गोरखा ।

गोरखा–१ मा सुदन गुरुङ फराकिलो अग्रतासहित जिततर्फ उन्मुख भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुरुङले पछिल्लो मतगणना अनुसार २१ हजार ५ सय ५० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी प्रेमकुरमा खत्रीले १२ हजार ६ सय मतसहित दोस्रो स्थानमा रहेका छन्। खत्री नेपाली कांग्रेसका उम्मेदवार हुन्।

त्यसैगरी हरिराज अधिकारीले ८ हजार १ सय ६८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। अधिकारी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन्।