प्रधानमन्त्री कार्कीलाई हार्दिक नमन
आज एउटी नारीले गरेको प्रतिबद्धताको जितले सम्पूर्ण नारीशक्तिले गौरवान्वित महसुस गरेका छन्। यस ऐतिहासिक कार्यका लागि प्रधानमन्त्री सुशीला कार्कीज्यू, हजुरलाई हार्दिक नमन।
सुरुका दिनदेखि अन्तिम क्षणसम्म साथ दिने गृहमन्त्री र अर्थ मन्त्रीज्यू , अहोरात्र सेवारत रहने सुरक्षा निकायहरू, आप्mनो कार्यमा निपुण निर्वाचन आयोग र सञ्चार निकायको यो साथ र सहयोगले नै नेपाल र नेपालीलाई भोलिका सुनौला दिनका लागि आशावादी बनाएको छ।

मिथिला शर्मा
अभिनेत्री
भदौ २३–२४ को भय, त्रास र अन्यौलका बीच पनि अडान नछोडी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउनु भएकामा प्रधानमन्त्री सुशीला कार्की र उहाँको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद। देश सही दिशातर्फ अघि बढोस् भन्ने कामना गर्दछु।

पल शाह
अभिनेता
आमा हार्नु भएको थिएन
यी बितेका ७–८ महिनामा हामीले सोचेकोभन्दा फरक, नसुनेको, नसोचेको धेरै कुरा देख्यौं। केही हुनैपर्ने थिए, केही नहुनुपर्ने पनि। तर अन्ततः कुरा यति मात्रै हो ,परिस्थिति जस्तोसुकै होस्, हामी त्यसबाट कसरी निस्किन्छौं र कति उभिन्छौं, त्यही नै इतिहास बन्छ।
म महिला हुनुमा र सेनाको छोरी हुनुमा सधैं गर्व गर्छु। तर यो समयले त्यो गर्वलाई अझ ओजनदार बनाएको छ। अनेकौं प्रश्न, प्रतिप्रश्न, धेरै दबाब र अनेक आवाजका बीच पनि प्रधानमन्त्री सुशीला कार्की दिनरात खटिनुभयो। उहा“ले देश बिरामी हु“दा पनि निकास खोज्न छोड्नुभएन। देशको सबैभन्दा संवेदनशील घडीमा एउटी महिलाले दृढ भएर उभिन सक्छिन् भन्ने उदाहरण दिनुभयो। जिम्मेवारी र वचन भनेको के हो, नेतृत्वमा भएका र हुन चाहनेहरूले उहा“बाट सिक्न जरुरी छ। म भोलि आउने सन्ततिलाई गर्वका साथ भन्नेछु, कठिन समयमा आमा हार्नुभएको थिएन।
अर्कोतर्फ, नेपाली सेनाले अभिभावकको भूमिका निभायो। वाचा कम, जिम्मेवारी धेरै। नेपाली सेनाले सधैं जनताको सुरक्षाको प्रत्याभूति गर्दै आएको छ, र यो कठिन समयलाई चिरेर शान्ति–सुरक्षाको स्थापना हुनुमा पनि नेपाली सेनाको ठूलो भूमिका रहेको छ। भोलि आउने पुस्तालाई म गर्वका साथ भन्नेछु म पनि सेनाको छोरी हु“ र देश जब अप्ठ्यारो मोडमा थियो, हामी चुप लागेर बसेका थिएनौं।

स्वस्तिमा खड्का
अभिनेत्री
तिमीलाई भोट दिन्थे, बिना भोट जितिसक्यौ।
नवल नेपाल
निर्देशक
बधाई, तर देश हेर्दैछ
बधाई छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई। अब असली परीक्षा सुरु भयो।
निर्मला पन्तको न्याय, जनआन्दोलनमा भएको जेन्जी मृत्यु प्रकरण, सहकारी ठगी, नेवाल वाइड बडी कान्ड, गिरीबन्धु टी स्टेड ल्यान्ड स्क्याम, मावोइस्ट कनटोनमेन्ट करप्सन केसजस्ता वर्षौ“देखि अल्झिएका फाइलहरू अब खुल्ने कि फेरि धुलोमै थन्किने? नारा धेरै सुनियो। अब न्याय र विकास भाषणमा होइन, काममा देखाउने पालो तपाईंहरूको हो। देश हेर्दैछ।

पूजा शर्मा
निर्मात्री तथा अभिनेत्री
मः बधाई छ प्रधानमन्त्रीज्यू
बालेन : तपाईंलाई चै बधाई छ, म त अब ५ वर्ष दलिएर काम गर्नुपर्ने छ।
(यति सुनेपछि म मस्त सुते“ ।)

निश्चल बस्नेत
अभिनेता तथा निर्देशक
यो परिवर्तनको सुनामी हो
कहिलेकाही“ इतिहास ठूलो सभाबाट होइन, सानो बैठकबाट सुरु हुन्छ। महिनौ“को मौन तयारीपछि कमलपोखरीमा पुस ७ गते, ७ बजे, ७ तल्लामा भएको बालेन शाह र रवि लामिछानेबीचको त्यो भेट सामान्य थिएन। त्यो भेटमा सत्ता थिएन, पद थिएन—थियो त केवल देश बदल्ने साहस अनि हुटहुटी। त्यही दिन रोपिएको बीउ आज जनताको शक्तिमा बदलिएको छ। बालेनका राष्ट्रिय स्वतन्त्र पार्टीमा आगमनस“गै देशभर उठेको यो जनलहर—जनलहर होइन, परिवर्तनको सुनामी हो।

असिम शाह
पूर्व सभासद् तथा निर्देशक
अब तपस्या गर्न गए हुन्छ
नेताहरू, चिन्ता गर्नु पर्दैन। नेपाल तपोभूमि हो। तपस्या गर्ने धेरै शक्ति केन्द्रहरू छन्। अब आध्यात्मिक दीक्षा लिएर तपस्या गर्न गए हुन्छ। जनताको जनादेशको पालना गर्नुप¥यो, वा जुन देशमा भ्रष्टाचार गरेको रकम लुकाएको छ त्यही देशमा शरणार्थी बन्ने अवसर पनि छ। किनकि रास्वपाका शीर्ष नेताले २०४६ पछि सबैको सम्पत्ति छानबिन गर्ने घोषणा गरेका छन्। रिसानी माफ, मैले धेरै पहिलादेखि लेख्दै आएको थिए“, कर्मको फल भोग्नै पर्छ, ढिलो चाँडो

युवराज लामा
अभिनेता, निर्माता तथा निर्देशक
विश्वास टुट्न नदिनोस्
पहिले देशलाई राम्रो बनाउने विकास गर्ने ,व्यवस्थित बनाउनने सबैले मेहनत गर्ने जब देश साच्चिकै बन्छ, तब मात्र सा“चो अर्थमा उत्सव मनाउनु उचित हुन्छ। मेरो ८७ वर्षकी हजुरआमाले जहिले पनि भोट कसलाई दिने भनेर सोध्दा बालेनलाई भन्नुहुन्थ्यो। उहाँको इच्छा थियो कि बालने प्रधानमन्त्री बनून् र देशका लागि केही राम्रो काम गरुन्। हामीजस्ता धेरै सामान्य मानिसले उहाँमाथि विश्वास गरेका छौं। कृपया त्यो विश्वास कहिल्यै नटुटोस्।

नीता ढुंगाना
अभिनेत्री तथा निर्मात्री
जब जनताले नै क्यालकुलेटर चलाउन थाल्छन्। विश्लेषकहरूको जोड घटाउले हावा खाने रहेछ।

दीपकराज गिरी
अभिनेता
सेवक महावीर, सचेत म्याग्देली। निर्वाचन नतिजापछि कस्तो आ“खै पो रसायो मेरो त।

प्रकाश सपुत
गायक, अभिनेता तथा रास्वपा समानुपातिक उमेदवार
हाम्रो भविष्य अझ उज्यालो हुन सक्छ
धेरैले सोधनुभयो भोट के मा भनेर? यसपटक मैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएकी छु। यो निर्णय कुनै आवेगमा गरिएको होइन। मैले उम्मेदवारहरूलाई ध्यानपूर्वक हेरे“, सुने“, तुलना गरे“। आफ्नो हिसाबले बुझ्ने प्रयास गरे“। को शिक्षित छ, को सक्षम छ, को आप्mनो क्षेत्रमा केही गरेर देखाइसकेको छ र को देशका लागि स्पष्ट योजना र दृष्टिकोण लिएर आएको छ। हामीले वर्षौ“देखि राजनीति सुन्दै आएका छौ“। लामो भाषण, मीठा वाचा, र चुनावपछि हराउने प्रतिबद्धताहरू। त्यसैले यसपटक म त्यस्ता नेतृत्वलाई समर्थन गर्न चाहन्थे“। जो केवल नारा होइन, डेटा, योजना र जवाफदेहिताको भाषामा कुरा गर्छन्। मलाई लाग्छ, नेपालले अहिले त्यही किसिमको राजनीति खोजिरहेको छ। जहा“ क्षमता, इमान्दारी र काम गर्ने इच्छाशक्ति महत्वपूर्ण हुन्छ। म विश्वास गर्छु यो देश अझ राम्रो बन्न सक्छ। हाम्रो राजनीति अझ परिपक्व बन्न सक्छ। र हाम्रो भविष्य अझ उज्यालो हुन सक्छ।
यसपटकको मेरो मत परिवर्तनको सम्भावनामा विश्वास गरेर दिएको मत हो।
अब की बार, बालेन सरकार।

प्रियंका कार्की
अभिनेत्री
राज्यका सबै संरचनामा ओभरहल आवश्यक छ
भारी जनमत रास्वपाको पक्षमा आउने निश्चित जस्तै भयो। यसका धेरै कारणमध्ये एउटा कारण हिजोको राज्यसत्ताको स्वभाव र चरित्र नै हो। अब मुलुक र मतदाताले के पाउ“छन् भन्ने कुरा सम्बन्धित दलकै व्यवहारमा निर्भर गर्नेछ। राज्यका सबै निकाय र संरचनामा ओभरहल आवश्यकता छ। देशको स्वाधीनता रक्षा अहिलेको सबैभन्दा अहम् विषय हो। ०१५ सालको पहिलो आम निर्वाचनमा कुनै दललाई प्राप्त २÷३ को जनादेश उक्त दलको बेहोराका कारण व्यवस्था अन्त्यकै कारण बन्न गयो। त्यस्तो नहोस्। का“ग्रेस, एमाले र पूर्व माओवादीको पतनको मुख्य कारण अहंकार र भिन्न मतको कदर गर्न नसक्नु थियो। उनीहरूको शासनमा उनी बाहेकका मान्छे मान्छे कहलिन सक्दैनथे। यो शिक्षा अबकाले कसरी लिन्छन्, त्यसमा उनीहरूको भविष्य निर्भर गर्नेछ। केही पारा त अहिले नै समान देखिसकेको छ। भू र हवाई दुबै राजनीतिको चपेटाबाट मुलुकलाई अब जोगाउनुछ। यसका लागि हाम्रो छुट्टै पहिचानको खा“चो पर्दछ। अहिलेलाई विजयी दल र सबै उम्मेदवारलाई शुभकामना।

भीमार्जुन आचार्य
गीतकार तथा अधिवक्ता











प्रतिक्रिया