काठमाडौं ।
लामो समयदेखि नेपाली तथा गुरुङ गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आएका चर्चित गुरुङ कलाकार प्रेम गुरुङको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘डोल्स्यो साइँली’ सार्वजनिक भएको छ। ग्लोबल नेपाल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तथा भ्याली फिल्म एकेडेमीको सहकार्यमा निर्माण गरिएको उक्त गीत यही फेब्रुअरी २७ मा औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
अमेरिकामा रहेर पनि नेपाली मौलिक संगीत र गुरुङ संस्कृतिको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका प्रेम गुरुङ (USA) लामो समयदेखि सिर्जनशील यात्रामा सक्रिय कलाकारका रूपमा परिचित छन्। उनका दर्जनौँ सिर्जनाले देश–विदेशमा रहेका नेपाली तथा गुरुङ समुदायमाझ विशेष स्थान बनाइसकेको छ। ‘डोल्स्यो साइँली’ पनि सोही निरन्तरताको अर्को महत्त्वपूर्ण कडी बनेको छ।
गीतमा स्वर प्रताप दास र पवित्रा गुरुङको रहेको छ भने भिडियोमा प्रेम गुरुङ र चहाना राना मगरको अभिनय देख्न सकिन्छ। ग्रामीण परिवेश, सरल माया र संस्कृतिको भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियो दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीतको निर्देशन अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता निर्देशक भूपेन्द्र गुरुङले गरेका छन्। उनको सशक्त निर्देशनले गीतको भावनालाई अझ प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।
गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ रिकेश गुरुङले गरेका छन्। छायांकन रविन थापा मगर, सम्पादन बन्दे प्रसाद, रङ संयोजन राजेन्द्र मोकतानको रहेको छ भने कोरियोग्राफी मानाङ तामुले गरेका छन्। ड्रोन छायांकन अभिनाश मानन्धरले गरेका हुन्।
लामो समयदेखि निरन्तर साधनामा जुटिरहेका प्रेम गुरुङको शब्द–संगीत, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका निर्देशक भूपेन्द्र गुरुङको निर्देशन तथा कलाकारहरूको उत्कृष्ट प्रस्तुतीका कारण ‘डोल्स्यो साइँली’ नेपाली संगीतप्रेमीहरूबीच चर्चामा रहेको छ।











प्रतिक्रिया