बनेपा ।
पनौती नगरपालिका–२ तोरीखोरियामा बसोबास गर्दै आएका करिब ५५ घरधुरी तामाङ समुदाय चार–पाँच पुस्तादेखि उपभोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाउँदा सुकुमवासीको अवस्थामै रहेका छन्।
हरेक निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लालपुर्जा दिलाउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन। स्थानीयवासीले यसपटक आश्वासन होइन, वास्तविक रूपमा लालपुर्जा दिलाउने उम्मेदवारको खोजीमा रहेको बताएका छन्।
स्थानीयका अनुसार लालपुर्जा अभावकै कारण खानेपानी, बाटो तथा बाढीपहिरोबाट भएको क्षतिमा समेत उचित सहयोग नपाएको गुनासो छ। भूमि समस्या समाधान आयोगले नापजाँच प्रक्रिया अघि बढाएको भए पनि सबै क्षेत्रको काम नसकिँदा लालपुर्जा वितरण हुन सकेको छैन। आयोगले आवश्यक प्रक्रिया पूरा गरी समस्या समाधान गर्ने जनाएको छ।











प्रतिक्रिया