लोकगायक एवम् सञ्चारकर्मी कमल विके निर्मोहीको मंगलवार सा“झ निधन भएको छ।केही वर्षदेखि मिर्गौलासम्बन्धी समस्याका कारण अस्वस्थ रहेका उनी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। मंगलवार सा“झ अचानक बेहोस भएका उनलाई भेरी अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो भने अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमा सारिएको थियो। उनको निधनबारे गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै जानकारी दिएकी हुन्।
वलीले निर्मोेहीको मृत्युले आफू मर्माहत भएको उल्लेख गर्दै कमलका साथ गाएकोमध्ये त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिम्रै मायाले जस्ता गीत निकै लोकप्रिय बनेको स्मरण गरेकी छन्।
दाङमा जन्मिएका निर्मोही रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। उनको लाग्यो माया मोहनी नजरमा,पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल, बुलबुल तालैमा, भेरी दोभान, कठै सानुलगायत थुप्रै लोक गीत रेडियो नेपालमा रेकर्ड भएका थिए। लोकका साथै केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन्।
उनको परिवारमा एक छोरा र दुई छोरी भने करिब एक महिनाअघि उनकी पत्नी हेरमदेवी विकको समेत निधन भएको थियो।











प्रतिक्रिया