काठमाडौँ ।
नेपाल समाचारपत्रकर्मी ईश्वरराज ढकाललाई पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अवार्ड प्रदान गरिएको छ । एलआरआई स्कुलको ३८ औ स्थापना दिवसको अवसरमा पत्रकार ढकालसहित दुईजना पत्रकारलाई जनही २५ हजार राशिको अवार्ड प्रदान गरिएको छ ।
सो अवार्डबाट पत्रकार जितेन्द्र घिमिरे पुरस्कृत भएका छन् । पुरस्कृत पत्रकारद्वय ढकाल र घिमिरेलाई कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्व विद्यालयका उपकुलपति अच्युत वाग्ले, विद्यालयका संस्थापक अध्यक्ष एवंं बोर्डअफ ट्रस्टी शिवराज पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशोधरा पन्त, यसरेखापन्त र वादल प्रधानले संयुक्तरुपमा नगदसहित पुरस्कृत गरेका थिए ।

कार्यक्रममा चन्दकै नामबाट स्थापित सो अवार्ड कक्षा १० की उत्कृष्ट विद्यार्थी आस्ना भुर्तेलले पाएकी छन् । भुर्तेललाई ११ हजार १११ रुपियाँ र कदरपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा ३ लाख राशिको यशोधरा पन्त अवार्ड गोकर्णेश्वरस्थित ग्रिनतारा चाइल्ड हेवन स्कुलले पाएको छ । त्यस्तै कक्षा १२ को विद्यालय टपर सन्जोग कार्कीलाई ५० हजार राशिको एलआरआई ट्रष्ट अवार्ड, दोस्रोटपर आशरिका खतिवडालाई एसरेखा पन्त अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै २५ हजार राशिको लक्ष्मण राजवंशी अवार्डबाट पञ्चोदय स्कुल धनगढीका पूर्व प्रअ पदमसिंह कुँबर, चैतन्य स्कुलका प्रिन्सिपल प्रेमनिधी ओझा, वागमती सामुदायीक विद्यालयका अनुमोदन केसी, कुलेश्वरस्थित जनमैत्री क्याम्पस प्रमुख भोलानाथ ओझा, पोखरा स्थित प्रतिभा सेकेन्डरी स्कुलका प्रिन्सिपल किरण सापकोटा,न्यु डाइमण्ड क्लबका कुमार राई, वनविज्ञ एवं संस्कृत शिक्षक उदनम पन्त पुरस्कृत भएका छन् ।

देवकान्त जोशी अर्वाड कक्षा १२ को तेस्रोटपर संस्कृति केसी,वादल प्रधान अवार्डबाट अन्यया दुवाडी, सुप्रिम कोइरालालाई भुमिनन्दन ढकाल, विद्यालयका संगम सिजाललाई दावा ग्याल्जेन शेर्पा, दीपिका भुषाललाई धनबहादुर गुरुङ, मिङगसाङ ओमो लामा(योल्मो) लाई डा. हरिश्चन्द्र साहा, श्रीयाना श्रेष्ठलाई डा.शुरेशराज शर्मा, विद्यान बिक्रम थापालाई उमेश श्रेष्ठ, दिब्या रेग्मीलाई उद्धवदेव भट्ट, अमृत ओलीलाई तोयामा सान, कृताङग खनाललाई प्रमिला सिंह, सम्पदा पौडेललाई खिलराज रेग्मी,अविसास तामाङलाई डा. तिलक रावल अवार्ड प्रदान गरिएको छ । सम्मानित हुनेमा सोही विद्यालयका विद्यार्थी हुन ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि वाग्लेले पछिल्लो समयमा सूचना प्रबिधिले गर्दा मानसिक र शारिरिक स्वास्थ्य नष्ट भएको बताए । आमाबाबुले छोराछोरीलाई मोबाईलनचलाउ भन्ने अनि आफैले चलाउने संस्कार बढेको बताउँदै पछिल्लो समयमा मानसिक स्वास्थ्य भयावह बन्दै गएको दाबी गरे ।

उनले अब नेपालमा पुर्विय चिन्तन आधारित शिक्षा दिनुपर्ने बताए । उनले आफ्नो छोराछोरीलाई नेपालमै उत्कृष्ट शिक्षा दिनपर्ने बताए । एलआरआईले शिक्षाक्षेत्रमा गरेको योगदानको चर्चागर्दै उनले भने– ३८ वर्षे इतिहासमा विद्यालयलाई यो स्थानमा ल्याउन शिवराज पन्त लगायत विद्यालय परिवारको महत्वपुर्ण योगदान रहेको बताए ।विद्यालयका प्रिन्सिपल बादल प्रधानले,विद्यालयका संस्थापक, अभिभावक सबैको निरन्तर पहलले गर्दा विद्यालयले ३८ वसन्त पार गर्न सफल भएको बताए । यस अवसरमा सम्मान गर्न पाएकोमा विद्यालय परिवार हर्षित भएको उनको भनाई थियो । कार्यक्रममा विद्यार्थीले विभन्न सांस्कृतिका कार्यक्रम प्रस्तुत गरेका थिए ।
विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी विद्यालयका विभिन्न क्लब, काउन्सिल र उत्कृठ नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो ।











प्रतिक्रिया