“उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसमा समृद्धि र एकताको संदेश”


काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उपराष्ट्रपतिले संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी र विभेद अन्त्य गर्न एकजुट भएर अघि बढ्न सबैलाई प्रेरित गर्नुभयो। उनले राजनीतिक दल, नेतृत्व र नागरिकले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवार व्यवहार अपनाउन आवश्यक भएको उल्लेख गर्नुभयो।

यादवले प्रजातन्त्र दिवसले नागरिक अधिकारको रक्षा, समान अवसर सुनिश्चित, सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण हुनेमा जोड दिनुभयो।