काठमाडौँ ।
रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्र दिवसले प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
शुभकामना सन्देशमा उनले प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न आन्दोलनका अग्रजहरूप्रति सम्मान प्रकट गरेका छन्। साथै, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्न अपिल गरेका छन्।
विसं २००७ सालको क्रान्तिबाट प्राप्त उपलब्धिको स्मरण गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनअधिकारको संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिएका छन्।











प्रतिक्रिया