जेनजी आन्दोलनका क्रममा भागेका कैदी रौतहटमा पक्राउ

2.91k
Shares

रौतहट । 

जगन्नाथदेवल कारागार, काठमाडौँबाट फरार भएका एक जना कैदीलाई रौतहटबाट पक्राउ गरिएको छ । लागुऔषध मुद्दामा सजाय भोगिरहेका रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ ठाडाटोल निवासी २७ वर्षीय सागर खाती विश्वकर्मा फरार सूचीमा रहेका थिए । उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरीले जनाएको छ ।

 फरार भएपछि सुरक्षाकर्मीले उनको खोजी कार्य तीव्र पारेका थिए । निर्वाचन क्षेत्र नंम्बर ४ सुरक्षा बेस, सन्तपुर, रौतहटबाट सशस्त्र प्रहरी नायब उपरिक्षक विश्वनाथ जि.सी.को नेतृत्वमा खटिएको मोबाइल टोलीले उनलाई चन्द्रनिगाहपुर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपछि विश्वकर्मालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरले जनाएको छ । पक्राउसँगै उनलाई पुनः कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।