काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारिरहेको बताएका छन्। काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा उनले विश्वव्यापी रूपमा यस्ता अपराधका कारण वार्षिक ३.६ बिलियन डलर बराबर राजश्व नोक्सानी हुने उल्लेख गरे।
उनका अनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा यसको मानवीय मूल्य अझ भयावह छ। यसले सामाजिक–आर्थिक असमानता बढाउने मात्र नभई युवा तथा बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम पनि बढाएको छ।
गभर्नर पौडेलले सीमानाविहीन वित्तीय अपराधले कानुनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको बताए। यसलाई नियन्त्रण गर्न प्रतिक्रियात्मकभन्दा निरोधात्मक तथा जोखिममा आधारित सुपरीवेक्षण प्रणाली आवश्यक रहेको उनको भनाइ छ। साथै, बैंकिङ, बीमा, धितोपत्र र सहकारीलगायत सबै नियामक निकायले सामूहिक रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।











प्रतिक्रिया