काठमाडौं।
प्याब्सन काठमाडौंको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले धुम्बराहीस्थित स्मार्ट होटलमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरे । सोही अवसरमा सहभागी टिमको नाम, टिम लोगो, टिमका प्रायोजक, जर्सी र ‘एन्थम’ पनि सार्वजनिक गरिएको थियो ।
माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने छ । कार्यक्रममा प्याब्सन बागमतीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले ५ लाख तथा केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपालप्रसाद आचार्य, सर्वनम शिक्षालय र पारामाउन्ट एकेडेमीका मुकुन्द पाण्डेले समान ५०–५० हजार उपलब्ध गराउने घोषणा गरे ।
एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ । टी– २० फर्मेटमा हुने प्रतियोगिताको फाइनल फागुन ६ गते हुनेछ ।











प्रतिक्रिया