काठमाडौं
नेपालको समग्र निर्माण क्षेत्रको विकास र आधुनिकीकरणलाई लक्षितगर्दै आयोजनाहुँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ११औँ संस्करण पर्सीदेखि काठमाडौँमा सुरु हुने भएको छ । प्रदर्शनीआगामी माघ २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीहलमा सञ्चालन हुनेछ ।
निर्माण उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा ३ सयभन्दा बढी स्वदेशी तथा विदेशीकम्पनी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । प्रदर्शनीअवधिभर २ सय भन्दा बढी प्रदर्शनी स्टलमार्फत नवीनतमनिर्माण सामग्री, उपकरण र सेवाहरू प्रस्तुत गरिनेछ । यो प्रदर्शनीले नेपालीनिर्माण बजारमा देखिएको प्रविधिगत अन्तर घटाउन तथा अन्तर्राष्ट्रिय अभ्यास र समाधानलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ । विशेषगरी आर्किटेक्ट, इन्जिनियर, निर्माण व्यवसायी तथा घर–भवन निर्माण योजनामा संलग्न व्यक्तिका लागि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्यूचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा विगत ११ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रदर्शनीको मुख्यप्र ायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमालुम्बिनी सेरामिक्स लेमिनार टाइल्स रहेको छ ।
प्रदर्शनीमार्फत स्वदेशमै उत्पादित निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अवसर सिर्जना हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा रहेका नवीनतम प्रविधि, सेवा तथा सामग्री नेपाली बजारमा भित्र्याउने उद्देश्य राखिएको छ ।
नेपाल बिल्डकनमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वालकभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू प्रदर्शित गरिनेछ ।
निर्माण व्यवसायी, आयात कर्ता, उत्पादक, वितरक, सेवाप्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण गर्न इच्छुक सर्वसाधारणका लागि यो प्रदर्शनी अत्यन्त उपयोगी हुने छ ।











प्रतिक्रिया