मन्जुश्री सुपर सेफ लकर सेवा मन्जुश्री फाईनान्समा


काठमाडौँ
मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहक वर्गको माझ मन्जुश्री सुपर सेफ लकर को सुविधा ल्याएको छ । हाललाई यो सुविधा फाईनान्सको कर्पोरेट शाखा, थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै ग्राहकको सहजताको लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजिट नै यो सेवा प्रदान गर्नेछ । सीमित अवधिको लागि गरिएको यस छुटको लाभ ग्राहकले अनुभव गर्ने विश्वास मन्जुश्रीले राखेको छ ।

विभिन्न आकारमा उपलब्ध यी लकर उच्च प्रविधियुक्त सुरक्षा प्रणाली, फायर–प्रुफ र नियन्त्रित वातावरणमा राखिएका छन् । इच्छुक ग्राहक वर्गले यो सुविधाको सेवा लिनका लागि आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफूलाई लागि पर्ने लकर सुविधा उपलब्ध रहेको कुनै एक शाखामा गई यो सुविधा को लाभ उठाउन सक्नेछन् ।

हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रवाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखा को साथै एउटा विस्तारित काउन्टर बाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ भने १ लाख ८५ हजार भन्दा बढी सन्तुष्ट ग्राहक वर्गलाई सेवा दिँदै आइरहेको छ ।

यसअघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरू माझ मन्जुश्री भर्चुअल क्रेडिट कार्डको सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।