सिद्धार्थ बैंक अवाड्र्स फर कर्पोरेट एक्सलेन्स २०२५ बाट सम्मानित


काठमाडौँ
सिद्घार्थ बैंक लिमिटेड अवाड्र्स फर कर्पोरेट एक्जेलेन्स २०२५ कमर्शियल बैंकिङ क्याटेगोरी” अवाड्र्स फर कर्पोरेट एक्जेलेन्स २०२५ कमर्शियल बैंकिङ क्याटेगोरी” अवार्डबाट सम्मानितभएको छ ।

कर्पोरेट क्लब नेपालप्रा. लि.(द हर्म)ले वार्षिक रुपमाआयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

माघ १६गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुखकार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो । आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ ।

यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवाला र सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।