काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहोस भई उपचारको क्रममा रहेका पत्रकार दिनेश सिटौलाको आइतबार निधन भएको छ।
अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै शुक्रबार काठमाडौं ल्याइएका सिटौलालाई उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको थियो । अस्पतालका अनुसार ब्रेन ह्यामरेजका कारण उनको आइतबार १२ : ४५ मा मृत्यु भएको थियो ।
प्रहरीको आग्रह अनुसार उनको शव पोस्टमार्टमका लागि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ ।
शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि उनको शव चलचित्र विकास बोर्ड परिसरमा लगेर अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछन्। त्यसपछि मात्रै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी गरिएको बताइएको छ।
गत शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो अछामबाट सुर्खेत हुँदै सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।











प्रतिक्रिया